११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान
अ अ+ अ-

काठमाडौँ । हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास उत्पादन बढाउन उद्योगमन्त्री गौरीकुमारी यादवले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वान गर्नुभएको छ।

नेपालमा कपडा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ कपास ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था अन्त्य गर्दै स्वदेशमै कपास उत्पादन र कपडा उद्योगको कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले मन्त्री यादवले व्यवसायीहरूलाई कपास खेतीतर्फ आकर्षित हुन आग्रह गर्नुभएको हो।

मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँग समेत भेट गरी नेपालमा कपास खेती विस्तार गर्ने विषयमा छलफल गर्नुभएको छ। छलफलका क्रममा कृषि मन्त्री चौधरीले दाङ, बाँके, बर्दियालगायतका जिल्लामा कपास खेतीका लागि उपयुक्त वातावरण रहेको बताउनुभएको थियो।

नेपालमा कपास खेतीको सम्भावना रहे पनि व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा खेती हुन नसक्दा उद्योगहरूले आवश्यक कच्चा पदार्थका लागि विदेशमा निर्भर हुनुपर्ने अवस्था छ। सरकारले कपडा उद्योगसँगै कपास उत्पादनलाई पनि जोड दिन सके आयात प्रतिस्थापन, रोजगारी सिर्जना र किसानको आम्दानी वृद्धि गर्न सकिने अपेक्षा गरिएको छ।

यता लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया समेत अगाडि बढेको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ।कारखाना समेत संचालन गर्ने सम्बन्धमा सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनु भयो।

हेटौँडा कपडा उद्योग सञ्चालनमा आएपछि त्यसका लागि आवश्यक कच्चा पदार्थको स्वदेशमै उत्पादन गर्ने र बुटवल धागो कारखानालाई समेत सञ्चालनमा ल्याउने सरकारको तयारीले नेपालमा कपासदेखि धागो हुँदै कपडासम्मको उत्पादन शृंखला निर्माण गर्ने सम्भावना बढेको छ।

मन्त्री यादवले स्वदेशी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै आउनुभएको छ। कपास खेतीको विस्तारमार्फत विदेशी कपासको आयात घटाउने, स्वदेशी उत्पादन बढाउने र रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ।