काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सुदूरपश्चिमको कैलालीमा निर्माणाधिन जालपादेवी केवलकार तथा रिसोर्टको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिनुका साथै समग्र सुदूरपश्चिम प्रदेशकै गेम चेन्जर परियोजना सावित हुने जालपादेवी केवलकार प्रालीका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो ।
निरीक्षण तथा अवलोकनका क्रममा मन्त्री खनालले निजी क्षेत्रले तोकिएको समयमा तोकिएकै बजेटमा काम सम्पन्न गर्ने गरेको बताउँदै केबलकार तथा रिसोर्टका बारेमा जिज्ञासा समेत राख्नुभएको थियो ।












