७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

प्रधानन्यायाधीश र न्यायाधीशहरुको प्रश्नै–प्रश्नपछि इजलासमै ढले युवा वकिल

प्रधानन्यायाधीश र न्यायाधीशहरुको प्रश्नै–प्रश्नपछि इजलासमै ढले युवा वकिल
अ+ अ-

काठमाडौं । बहसका क्रममा सर्वोच्च अदालतभित्रै एक जना युवा वकिल ढलेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रश्नैप्रश्न गरेपछि वकिल इजलासमै ढलेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी निकट युवा अधिवक्ता सुलभ खरेल एउटा भ्रष्टाचारसम्वन्धी व्यक्ति केन्द्रीत मुद्दामा बहसका लागि खडा भएका थिए । उनीसँगै निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बहस गरिरहेका थिए ।

यो बहस लगत्तै एमालेको मुद्दामा बहस हुने भएकाले त्यसका निवेदक र वकिलहरूसमेत इजलासमा उपस्थित भइसकेका थिए । खरेलले बहस सुरु गर्नुअघि प्रधानन्यायाधीश र न्यायाधीशले उनीमाथि आचरणजन्य सवालहरू गर्न थाले । ती सवाल थिए खरेलले गत जेनजी आन्दोलनका क्रममा फेसबुकमा लेखेका स्टाटसहरुबारे ।

गत भदौ २४ गतेको जेनजी आन्दोलन विध्वंसात्मक बनेपछि सर्वोच्च अदालतमा समेत आगजनी भएको थियो । उक्त आगजनी हुँदै गर्दा खरेलले विवादित स्टाटस लेखेका थिए, जसलाई लिएर उनले पछि माफी मागेका थिए ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मासहितको इजलासमा अधिवक्ता सुलभ खरेल बहसका लागि तयार भए ।

बहस सुरु गर्नुअघि अधिवक्ता खरेलले सुरुमा आफ्नो परिचय दिए । उनले बहस सुरु गर्नै लाग्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले रोक्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयमा प्रष्टीकरण मागे ।

‘विद्वान मित्र तपाईं यो इजलासमा बहस गर्न त आउनुभयो । तपाईंलाई याद छ कि छैन, भदौ २४ गते सर्वोच्च अदालतको आगजनीपछि तपाईंले सामाजिक सञ्जालमा के लेख्नु भएको थियो ? कानुन व्यवसायीको मर्यादाको विषयमा हेक्का राख्नुपर्छ कि पर्दैन ? तपाईं सर्वोच्च अदालत र नेपाल बारमा आगजनी हुँदा खुसी हुनुपर्ने कारण के हो’ भनी प्रधानन्यायाधीश राउतले प्रश्न गरे ।

प्रधानन्यायायीशले सर्वोच्च अदालत जल्दा खुसी मनाउने वकिललाई बहसमा उभिने नैतिकता हुन्छ ? भनेर सोधेका थिए । यसमा खरेलले आफ्नो बचाउ गर्दै पहिल्यै गल्ती महसुस गरेर माफी मागिसकेको बताए । तर, प्रधानन्यायाधीश राउतसहित संवैधानिक इजलासका सबै न्यायाधीशहरु एकसाथ खनिन थालेपछि खरेल रातोपिरो बने । अनुहारबाट चिटचिट पसिना आइरहेको थियो । ३–४ मिनेटपछि उनी इजलासमै फेन्ट भएर ढलेका थिए ।

वकिल ढलेपछि अदालतमा स्तब्धता छाएको थियो । खरेलको पछाडि रहेका एमालेका नेता महेश बर्तौलाले उनलाई उठाए र कुर्सीमा राखे । पानी पिउन दिइयो । एक मिनेटभित्रै खरेलको होस खुलेको थियो ।

खरेल होसमा आएपछि बहसलाई निरन्तरता दिइयो । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले खरेलको स्टाटसका लागि इजलाससामु माफी मागे ।

खरेलले बल्लतल्ल उठेर आफ्नो थप बचाउ गरे । आफ्नो स्टाटसलाई तोडमोड गरिएको तर आफ्नो आशय अदालत जलाउनुपर्छ भन्ने नभएको दाबी गरे । यद्यपि, आफूले लेखेको विषयमा उनले फेरि क्षमा मागे ।

यो बहस स्थगन गर्दै प्रधानन्यायाधीसले अधिवक्ता खरेललाई अस्पताल जान सुझाव दिएका थिए ।