१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने

के ग्लेन म्याक्सवेलको आईपीएल करियर सकिएको हो ?

के ग्लेन म्याक्सवेलको आईपीएल करियर सकिएको हो ?
अ अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले मंगलबार यो पुष्टि गरेका छन् कि उनी आईपीएल २०२६ को मिनी–अक्सनमा सहभागी हुनेछैनन्।

उनको यस निर्णयले संकेत दिएको छ सम्भवतः उनले अब इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो अन्तिम खेल खेलेका छन्। म्याक्सवेलभन्दा अघि आन्द्रे रसेल र फाफ डु प्लेसिस जस्ता दिग्गजहरू पनि यसपटक अक्सनबाट हटिसकेका छन्। यस वर्षको मिनी–अक्सन डिसेम्बर १६ मा अबु धाबीमा हुने छ।

सामाजिक सञ्जालमार्फत निर्णयको घोषणा

३७ वर्षीय म्याक्सवेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै भने यो निर्णय सजिलो थिएन, तर धेरै सोच–विचारपछि उनले यो कदम चालेका हुन्।

उनले लेखेका छन्– ‘आईपीएलमा बिताएको धेरै यादगार सिजनहरूपछि मैले यस वर्ष आफ्नो नाम अक्सनमा नहाल्ने निर्णय गरेको छु। यो ठूलो निर्णय हो, र म यसलाई निकै कृतज्ञतापूर्वक लिन चाहन्छु, किनकि यस लिगले मलाई धेरै चिज दिएको छ।’ उनले आफ्नो पोस्टमा यो संकेत पनि दिए कि उनको आईपीएल यात्रा अब समाप्त हुन सक्छ।

म्याक्सवेलको भावुक सन्देश

पोस्टमा म्याक्सवेलले आईपीएललाई धन्यवाद दिँदै भने, ‘आईपीएलले मलाई केवल राम्रो खेलाडी मात्र बनाएन, यसले मलाई राम्रो मानिस बन्न पनि मद्दत गर्‍यो। यो लिगमा मैले विश्व–स्तरीय खेलाडीहरूसँग खेल्ने अवसर पाएँ, उत्कृष्ट टिमहरूको हिस्सा बनेँ र भारतीय दर्शकहरूको ऊर्जा सधैं मेरो प्रेरणाको स्रोत रह्यो।’ उनले अन्त्यमा लेखे, ‘यहाँका यादहरू, चुनौतीहरू र भारतमा पाएको ऊर्जा, सधैं मेरो मनमा रहनेछ। धन्यवाद, छिटै भेट्ने आशा राख्छु।’

चोट र फर्मले निर्णय कठिन बनायो

अघिल्लो सिजन म्याक्सवेलले पंजाब किङ्सबाट खेलेका थिए। कप्तान श्रेयस अय्यर र कोच रिकी पोन्टिङको नेतृत्वमा उनले राम्रो सुरुआत गरेका थिए तर पछि औँलाको चोटका कारण सिजनबाट बाहिरिनुपर्‍यो।

पंजाबले उनलाई ४.२ करोड रुपैयाँमा किनेको थियो। तर उनले ६ इनिङ्समा जम्मा ४८ रन मात्रै बनाउन सके। निराशाजनक प्रदर्शनका कारण टिम व्यवस्थापनले उनलाई मुख्यतः बलरको भूमिकामा प्रयोग गर्‍यो।

म्याक्सवेलले अक्सनमा सहभागी नहुनुको कारण स्पष्ट रूपमा भनेनन्, तर प्रायः ठूला टिमहरू उनको राम्रो प्रदर्शनको प्रतीक्षाबाट थाकिसकेका छन्। महँगो मूल्यमा बिक्ने गरे पनि धेरै सिजनमा उनी अपेक्षित प्रदर्शन गर्न सकेनन्। तथ्यांक विश्लेषणले पनि देखाएको छ कि उनलाई आफ्नो क्षमताभन्दा बढी मूल्य प्रदान हुँदै आएको थियो।

उतार–चढावले भरिएको आईपीएल यात्रा

म्याक्सवेलको आईपीएल करियर धेरै उतार–चढावपूर्ण रह्यो। उनलाई पहिलोपटक २०१२ मा दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स)ले किनेको थियो। २०१४ मा किङ्स इलेभेन पंजाब (हाल पंजाब किङ्स)का लागि उनले धमाकेदार प्रदर्शन गरे र त्यो सिजनका सबैभन्दा खतरनाक ब्याट्सम्यानमध्ये परे।

त्यसपछि धेरै सिजनमा उनको प्रदर्शन मिश्रित रह्यो—कहिले दमदार ब्याटिङले टिम जिताए, कहिले निराशाजनक खेल देखाए। उनको आक्रमक खेल, अनौठा शट र पार्ट–टाइम स्पिनले उनलाई टी–२० क्रिकेटमा एउटा छुट्टै पहिचान दियो।

म्याक्सवेलका लागि २०१४, २०२१ र २०२३ वर्ष ब्याटिङदेखि उत्कृष्ट सिजन रहे। २०१४ मा उनले ५५२ रन बनाए र पंजाबलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले। २०२१ मा उनले ५१३ रन बनाए भने २०२३ मा ४०० रन जोडे।

के आइपीएलमा पुनः फर्किन सक्छन् ?

यद्यपि म्याक्सवेलले स्पष्ट रूपमा संन्यासको घोषणा गरेका छैनन्, तर उनको ‘सी यू सून’ सन्देशले भविष्यमा मेन्टर, कोच वा टिम एम्बेसेडरको रूपमा आईपीएलमा फर्किन सक्ने संकेत दिन्छ।

म्याक्सवेलको आईपीएल यात्रा समाप्तिको दिशामा गएजस्तो देखिए पनि उनले आफ्नो खेलले दर्शकहरूलाई निकै मनोरञ्जन दिएका छन्। जसरी आन्द्रे रसेल र फाफ डु प्लेसिसले लिग छोँड्दा आफ्नो एक विरासत छाडे, म्याक्सवेलको प्रभाव पनि त्यसभन्दा कम छैन।