१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

हात नमिलाऔं, नमस्कार गरौं !

हात नमिलाऔं, नमस्कार गरौं !
अ अ+ अ-

काठमाडौं । नमस्कार, प्रणाम ! अभिवादन गर्ने यो पूर्वीय संस्कृति हो। ठूलाको आदर र सम्मानको सूचक हो नमस्कार। आधुनिकतासँगै नमस्कार गर्ने संस्कार हराउँदै गयो– हाई, हेलो र ह्यान्डसेकजस्ता पश्चिमी संस्कार प्रचलनमा आए। यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ। घर, कार्यालय तथा स्कुलमा मास्क अनिवार्य गरिएको छ। संक्रमणको त्रासले एकअर्कालाई स्पर्श नगर्न र बिरामीबाट टाढै रहन सबै सचेत छन्। हात मिलाउन नमिल्ने भएपछि चीनमा खुट्टा जोडेर अभिवादन गरेको भिडियो भाइरल भयो। चिनेजानेका आफन्त, साथीभाइ, सहकर्मीलाई भेट्दा अभिवादन गर्ने प्रचलन सबैतिर छ।

अभिवादनको शैली जाति, भाषा, समुदाय, भूगोलअनुसार भिन्नभिन्न हुन्छ। संस्कृतिविद् हरिराम जोशीका अनुसार शरीर नजोडी टाढैबाट अभिवादन गर्ने शैली नमस्कार हो। ‘देवस्थलमा भगवान्को अगाडि झुकेर नमस्ते गर्ने चलन छ’, जोशीले भने, ‘यही संस्कार पछ्याउँदै व्यक्ति–व्यक्तिबीच नमस्कार संस्कारको विकास भएको हो।’ नेपाली समाजमा ज्यादै नजिकका सम्बन्धमा मात्र हात मिलाउने र अंगालो मार्ने चलन छ। आमा–बा, हजुआमा–हजुरबा, दाइदिदी आदि मान्यजनलाई शिर झुकाएर खुट्टामा ढोग्ने गरिन्छ।

नमस्कार वा नमस्ते गर्दा दुवै हात जोडेर झुक्नुपर्छ। यस्तो अभिवादनले आफू सामुको व्यक्तिसँग आत्मीयता रहेको बुझाउने वेदका प्राध्यापक डा. ऋषिराम पोखरेल बताउँछन्। उनी भन्छन्, ‘नमस्तेको नमः भनेको नमन गर्न वा झुक्नु हो। संस्कृतमा ‘ते’ भनेको तपाई भन्ने बुझिन्छ। यसको अर्थ म तपाईंसामु नतमस्तक छु भनिएको हो।’ नमः शब्दमा रहेको ‘न’ र ‘म’ को पनि छुट्टाछुट्टै अर्थ छ। ‘न’ को अर्थ होइन भन्ने हुन्छ भने ‘म’ को अर्थ आफू भन्ने हुन्छ। नमस्कारले उचनिचको भावनालाई हटाई समान भाव व्यक्त गर्ने उनी बताउँछन्।

सनातन धर्ममा नमस्कार संस्कारलाई सबैभन्दा उत्तम अभिवादन मानिएको छ। भारतका जग्गी वासुदेव अर्थात् सद्गुरुका अनुसार हाम्रो शरीरले स्पर्शलाई लामो समयसम्म याद राख्छ। त्यसमा सकारात्मक र नकारात्मक दुवै विचार हुन्छन्। नमस्कारले आत्मादेखि गरेको आदर बुझाउँछ। नमस्कारले दुई व्यक्तिबीचको सम्बन्धलाई आत्मासँग जोड्छ। नमस्कार गर्नुको वैज्ञानिक कारण पनि छन्। दुवै हात जोड्दा औंलामाथि जोड पर्छ र एक प्रकारको एक्युप्रेसर हुन्छ।

यसले हाम्रो दिमाग, कान र आँखा सक्रिय बनाउँछ। आफू सामुन्ने आएका व्यक्तिलाई लामो समयसम्म याद गर्न सकिन्छ। पूर्वीय संस्कृतिमा सूर्य नमस्कार गरी योग गर्ने चलन छ। बिहान व्यायाम गर्दा शरीरले प्रशस्त भिटामिन डी पाउँछ। नमस्कारले हामीभित्र भएको क्रोध र अहंकार पनि हटाउँछ। अन्नपुर्णपोष्ट दैनिक