१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपालको अग्रता



अ+ अ-

इन्डोनेसिया। इन्डोनेसियाविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ सकिँदा नेपालले अग्रता बनाएको छ ।

इन्डोनेसियाको मागुवोहार्जो स्टेडियममा आज जारी खेलको पहिलो हाफ सकिँदा नेपालले १–० गोलको अग्रता बनाएको हो । खेल निकै प्रतिस्पर्धात्मक रहे पनि अग्रता भने नेपालले इन्डोनेसियाकै आत्मघाती गोलबाट पायो ।

पहिलो हाफको मध्यतिर इन्डोनेसियाकी डिफेन्डर भिभी ओकताभी रिस्कीले ‘क्लियर’ गर्न खोजेको बल आफ्नै जालीभित्र पुगेपछि नेपालले १–० को अग्रता बनाएको हो । उक्त आत्मघाती गोलपछि नेपाली टोली थप आत्मविश्वासका साथ खेलिरहेको छ ।

अब दोस्रो हाफ सुरु हुन बाँकी छ, जहाँ इन्डोनेसिया बराबरीका लागि आक्रामक आउने सम्भावना उच्च छ, भने नेपाल आफ्नो अग्रता जोगाउन प्रतिबद्ध रहेको छ ।

जारी खेलको पहिलो हाफमै वर्षाले मैदान चिप्लो बनाएको थियो, तर दोस्रो हाफको सुरुआतसँगै वर्षा झनै बढेको छ । रासस