२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान र खगेन्द्रले एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने



अ+ अ-

काठमाडौँ । उज्यालो पार्टी नेपाल र हाम्रो पार्टी नेपाल आगामी निर्वाचनमा एउटै चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने भएका छन्।

हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार र उज्यालो पार्टी नेपालका अनुपकुमार उपाध्यायले संयुक्त रूपमा एकल चुनाव चिन्ह प्राप्त गर्न निर्वाचन आयोगमा आवेदन दिएका थिए।

दुवै दलले सामूहिक रूपमा निर्वाचनमा जाने निर्णय गरेसँगै आयोगले उनीहरूको मागअनुसार एकल चुनाव चिन्ह प्रदान गर्ने तयारी गरेको छ। आयोगका अनुसार दुवै दलको संयुक्त निवेदनअनुसार नै ‘बलेको चिम’ चुनाव चिन्ह तोकिएको छ।

यसअघि उज्यालो पार्टी नेपालले ‘बिजुलीको चिम’ र हाम्रो पार्टी नेपालले ‘लाइक’ चिन्ह उपयोग गर्दै आएका थिए। अब भने गठबन्धनस्वरूप निर्वाचनमा जाने रणनीतिअनुसार साझा चिन्ह ‘बलेको चिम’ प्रयोग गर्नेछन्।

दुवै दलका नेताहरूका अनुसार एउटै चिन्हले मतदातामाझ स्पष्टता र प्रभावकारी अभियान सञ्चालनमा मद्दत गर्ने विश्वास लिइएको छ।