२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ जनामा औलो रोगको सङ्क्रमण



अ+ अ-

चितवन। गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परिक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा आठ हजार ४०५ जनाको नमूना परिक्षण गर्दा ११ जनामा औलो रोग देखिएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा आठ हजार ८६० जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो ।

नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीवि पाइने गर्दछ । प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन् । नेपालमा तीमध्ये भाइभेक्स जातको परजीवि वढि देखिने गर्दछ । फाल्सिपारम जातको परजीवि औलो रोगका सङ्क्रमितमध्ये १५ देखि २० प्रतिशमा देखिने गर्दछ । जसले मानिसको स्नायु प्रणालीमा प्रभाव पार्ने उहाँले बताउनुभयो ।

भाइभेक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा फाल्सिपारम परजीवी भेटिने गरेको उहाँले बताउनुभयो । औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । रासस