१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक



अ+ अ-

काठमाडौँ: नेपाली संगीत जगतकी स्वर किन्नरी अन्जु पन्त र मधुर स्वरका धनि गायक सुमन कुमार श्रेष्ठको आवाजमा रहेको “ सागरै तरेर “ बोलको गीतको म्युजिक भिडियो  शुक्रवारसार्वजनिक भएको छ ।

गीतकार डा. राजुबाबु श्रेष्ठको शब्द र संगीतकार हरि लम्सालको संगीत तथा संगीत संयोजन रहेको यो गीत निकै कर्णप्रीय बनेको छ ।

गीतकार डा। राजुबाबु श्रेष्ठले सागरै तरेर साचो प्रेम गर्ने सबै प्रेमीहरुको गीत भएका कारण श्रोताहरुको मनमा बस्न सफल हुने बताउनु भयो । हरि लम्सालको संगीतमा अन्जु र सुमन कुमारको स्वरले गीतलाई चार चाँद लगाएको उहाँले बताउनु भयो ।

शुरुमा अन्जुको आवाजसंग मिल्ला नमिल्ला भन्ने शंका लागे पनि रेकर्ड भैसकेपछि सुमनको स्वरले आफुलाई निकै खुशी तुल्याएको उहाँले जानकारी दिनुभयो ।

निकेस खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोमा यश गारच र पुनम श्रेष्ठ प्रमुख पात्रको भुमिकामा देखिएका छन् । एकोस्टिक स्टुडियो नक्सालमा रेकर्ड भएको गीतको चन्द्र चौधरीले मिक्सिङ मास्टरिङ गरेका छन् । भिडियोको दृष्य दिनेस पराजुलीले खिचेका छन भने बिकास धमलाले सम्पादन गरेका छन् ।