११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार

काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गरी संगठनलाई एकतावद्ध बनाउने जिम्मेवारी नेतृत्व र दोस्रो पुस्ताका नेताहरूको काँधमा आएको बताउनुभएको छ ।

संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता गच्छदारले पार्टी पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापा लगायतका नेताहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

आफ्नो सम्बोधनका क्रममा गच्छदारले पूर्वसभापति देउवालाई गुटबन्दीभन्दा माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । नेता गच्छदारले १६ बुँदे सहमतिको स्मरण गर्दै वर्तमान संविधान निर्माणमा आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबी गर्नुभयो।

आफू संविधानको मस्यौदा तयार गर्ने प्रमुख हस्ताक्षरकर्तामध्ये एक रहेको उल्लेख गर्दै उहाँले आफूलाई कानून, नीति र सिद्धान्तको पूर्ण ज्ञान रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा डा. शशांक कोइराला, शेखर कोइराला र सभापति देउवाको उपस्थितिलाई संकेत गर्दै उहाँले नेतृत्व तहमा कोइराला परिवार र देउवाको सहकार्यलाई उचित स्थानको ग्रहण भनी टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईं पार्टीको मात्र नभई देशकै नेता हुनुहुन्छ । राजनीतिमा व्याप्त विसंगति र डर्टी गेम (फोहोर खेल) बाट मुक्त गर्दै देश र पार्टीको हितका लागि तपाईंले आफूलाई व्यक्ति र समूहभन्दा माथि उठाउन आवश्यक छ। तपाईंले चाहेमा पार्टीको विवाद टुंगो लाग्न सक्छ ।’

युवा नेताहरूतर्फ लक्षित गर्दै गच्छदारले नेतृत्वमा आएका युवा पुस्ताले संवेगात्मक र भावनात्मक पक्षलाई बुझेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सभापति गगन थापाले केही समयअघि व्यक्त गरेको करुणा शब्दको चर्चा गर्दै उहाँले राजनीतिमा दया र मानवीय संवेदनाको महत्व हुने बताउनु भयो ।

नेता गच्छदारले पार्टीभित्रका पुराना र नयाँ पुस्ताबीच समन्वय हुनुपर्ने र नेतृत्वले सबैलाई समेटेर लैजानु नै वर्तमानको आवश्यकता रहेको जिकिर गर्नुभयो ।–न्युज एजेन्सी नेपाल