११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

नेपाली काँग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छः प्रकाशमान सिंह

नेपाली काँग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छः प्रकाशमान सिंह
नेपाली कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेलामा शुक्रबार मन्तव्य राख्नुहुँदै कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह । तस्बिर : गोपाल दाहाल/ रासस
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र स्थापित लोकतान्त्रिक मूल्यमान्यताअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

पार्टीको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरूले देखाएको आदर्श र सिद्धान्तबाट विचलित हुन नहुने बताउनुभएको हो ।

उद्घाटन सत्रमा बोल्दै नेता सिंहले वीपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शमशेर जस्ता संस्थापक नेताहरूले प्रजातान्त्रिक पद्धतिको सुदृढीकरणका लागि काँग्रेस स्थापना गरेको स्मरण गर्नुभयो ।

पार्टीको आन्तरिक जीवनका बारेमा टिप्पणी गर्दै नेता सिंहले विधान र नियमावली मिचेर गरिने गतिविधिले संगठनलाई मजबुत बनाउन नसक्ने उल्लेख गर्नुभयो ।

विगतमा भएका कतिपय निर्णय र विशेष महाधिवेशन विधिसम्मत नभएको दाबी गर्दै उहाँले सत्यलाई सत्य र गलतलाई गलत भन्ने साहस काँग्रेसले राख्नुपर्ने बताउनु भयो । विधान मिचिएको विषयमा आवाज उठाउँदा पार्टी फुटाउन खोजेको भनी लगाइने आरोपको समेत उहाँले खण्डन गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘साध्यमा पुग्नका लागि साधन पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने हाम्रो पार्टीको मुख्य स्कुलिङ हो । हाम्रा नेताहरूले जे भन्नुहुन्थ्यो, व्यवहारमा पनि त्यही लागू गर्नुहुन्थ्यो ।

२००७ साल र २०१७ सालको कठिन परिस्थितिमा पनि उहाँहरू आफ्नो सिद्धान्तमा अडिग रहेकै कारण कांग्रेसले जनविश्वास आर्जन गरेको हो । पुराना दलहरूलाई गाली गरेर मात्रै देश चल्दैन, यो पछिल्लो केही महिनाको गतिविधिले प्रमाणित गरिसकेको छ । आज किसानले मल पाएका छैनन्, ग्यास र खाद्यान्नको मूल्य आकाशिएको छ । जनताले के भोगिरहेका छन् भन्ने कुराको यथार्थ बुझ्ने पार्टी कांग्रेस नै हो ।’

वर्तमान राष्ट्रिय राजनीतिका सन्दर्भमा सिंहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’को भरमा मात्र देशको शासन सञ्चालन हुन नसक्ने तर्क गर्नुभयो ।

काँग्रेसमाथि देशलाई संकटबाट बाहिर निकालेर सही मार्गमा लैजाने ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै नेता सिंहले पार्टीलाई संस्थागत र नियमसम्मत बनाउनु वर्तमान पुस्ताको कर्तव्य भएको बताउनु भयो ।

सर्वोच्च अदालतको पछिल्लो फैसला र मार्गनिर्देशनपछि अब पार्टी विधिसम्मत रूपमा १४ औँ महाधिवेशनको प्रक्रिया टुङ्ग्याउँदै १५ औँ महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।–न्युज एजेन्सी नेपाल