२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता



अ+ अ-

काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

नुमा लिम्बूको अध्यक्षतामा दर्ता भएको उक्त पार्टीले मंगलवार दल दर्ता प्रमाण पत्र पाएको छ । दल दर्ता प्रमाणपत्र बुझ्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वराज अधिकारीले राज्यका हरेक निकायमा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरिएको बताउनु भयो । उहाँले पुराना राजनीतिक दलहरुले यो समुदायलाई लामो समयदेखि भोट बैंकको रुपमा प्रयोग गरेपछि यो समुदायको हक र अधिकार स्थापित गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो समुदायलाई भोट बैंकको रुपमा लामो समयदेखि राजनीतिक दलहरुले प्रयोग गर्दै आए । तर पनि हामीले समाजमा आधारभुत अधिकार समेत पाउन सकिरहेको अवस्था छैन । अब हाम्रो माग र मुद्दाहरु आफैं उठाउने भनेर दलहरु दर्ता गराएका हौँ । कानूनले पूर्णअधिकार दिएको भएपनि कार्यान्वयन नभएको कारण समूदाय र राज्यको हरेक तह र तप्कामा समान खालको प्रतिनिधित्व हुनुपर्छ भनेर दल दर्ता गराएका हौं ।’

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई संविधानले दिएका सबै अधिकारहरुको कार्यान्वयन दलको पहिलो प्राथमिकता रहने उहाँको भनाइ छ ।