२५ जेष्ठ २०८३, सोमबार
,
Latest
५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखा एमालेका पूर्वसचिव भरत दुलाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा एमाले दोलखाका पूर्व जिल्ला कमिटी सचिव तथा शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

दोलखाका प्रभावशाली नेता दुलालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेपछि औपचारिक रूपमा नेकपामा प्रवेश गरेको प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए।

दुलालको पार्टी प्रवेश कार्यक्रममा नेकपा नेता विशाल खड्का, रेनु दाहाल, साबिक नेकपा एसका नेता तथा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, भीम दाहाललगायतको उपस्थिति थियो।

एमाले जिल्ला कमिटी अध्यक्षमा पराजित भएपछि दुलाल पार्टीमा निष्क्रिय रहेको बताइएको छ।




भर्खरै