७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

चिसो बढेसँगै हिटर, गिजरसहितका तातो वस्तुहरुको किनमेल बढ्यो

चिसो बढेसँगै हिटर, गिजरसहितका तातो वस्तुहरुको किनमेल बढ्यो
अ+ अ-

काठमाडौँ । राजधानी मात्र नभई देशभर यतिबेला जाडो बढ्न थालेको छ । राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरु पनि बढ्न थालेका छन् । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिँदो समय र भित्रिँदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढेको छ ।

दिनानुदिन बढ्दै गएको चिसो मौसमका कारण काठमाडौंमा हिटर, गिजर अनि एसी लगायतका विद्युतीय सामग्रीको व्यापार बढेको ब्यापारीहरु बताउँछन् । कात्तिकको अन्त्यदेखि नै बढेको हिटर, गिजरको व्यापार  यो समयसम्म आइपुग्दा तिब्र हुन थालेको व्यवसायीहरूको भनाई छ । जाडो शुरु भएकोले अझै हिटर, एसी र गिजर लगायतका विद्युतीय सामाग्रीको ब्यापारमा वृद्धि हुने व्यापारीहरु बताउँछन् ।

कोटेश्वरमा पसल गर्दै आएका सन्तोष बरालले हिटर, तातोपानीका धाराहरु धेरै विक्री गरिरहेको बताउनु भयो । व्यवसायी बरालले भन्नुभयो–‘हिटर, तोतोपानीका धारासहित जाडोमा प्रयोग हुने वस्तुहरु बिकिरहेका छन्, पहिलेको जस्तो सोचेअनुसार त व्यापार छैन्, तर पनि सिजनअनुसारको जाडोको समानहरुको बिक्दैछ । सबै प्रोडक्टमा प्राइजको स्टीकर लगाएर आउने गरेको छ । पहिला त्यस्तो थिएन । मनपरी व्यापारीले लिनुपर्ने अवस्था थियो । अहिले त्यस्तो छैन् । कम्पनीले यकिन गरेको हुन्छ । अहिले बजारको रेट फिक्स जस्तै छ । कस्टोमर ठगिने त्यस्तो गुनासो छैन ।’

काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष मिलन सिवाकोटी अहिले नेपाली बजारमा दर्जनौं नाम तथा ब्राण्डका हिटरहरु भित्रिएको बताउनुहुन्छ ।
अध्यक्ष सिवाकोटीले भन्नुभयो,‘नाम र कम्पनी अनुसार मुल्य पनि फरक फरक छ । उपभोक्ताले पनि जाडोमा न्याना सामग्री खरिद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्रान्ड, तथा फिचरका बारेमा आधिकारीक डिलर, व्यवसायीमार्फत जानकारी दिएर किन्नुपर्छ ।’

उहाँकाअनुसार अघिल्लो बर्षको तुलनामा यस वर्षको जाडोमा ५० प्रतिशत सम्मको व्यापार बढ्नसक्ने अनुमान छ । उहाँका अनुसार आधुनिक प्रविधियुक्त हिटरको व्यापार बढेपछि पुराना मोडल तथा प्रविधिमार्फत कोठा तताउने र न्यानो रहने चलनमा परिवर्तन आएको छ ।

अहिले बजारमा ग्यास तथा विजुलीबाट चलाउन मिल्ने हाइब्रिड किसिमका विभिन्न डिजाइनका हिटरहरु पाइन्छ भने खुला स्थानमा प्रयोग गर्न सकिने गार्डेन हिटर तथा तातो हावा फाल्ने फ्रयान हिटर समेत बजारमा उपलब्ध रहेको छ । अहिले बजारमा ७ सयदेखि हजारौं मूल्य सम्मपर्ने हिटरहरु उपलब्ध छन् । नेपाली बजारमा भित्रिएका हिटरहरु धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आउने गर्दछ भने केही मात्रामा युरोपियन मुलुकहरुबाट समेत आयात भइरहेको छ ।