काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल आफ्नै घरेलु मैदानमा नटिङहम फरेस्टसँग ३–० गोलले स्तब्ध बनेको हो ।
नटिङहमको जितमा खेलको ३३ औं मिनेटमा मुरिलो, ४६ औं मिनेटमा निकोलो सभोना र ७८ औं मिनेटमा गिब्स ह्वाइटले गोल गरे ।
यो नतिजापछि लिभरपुल १२ खेलबाट १८ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने फरेस्ट १२ अंकका साथ १६ औं स्थानमा छ ।










