२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार देशका लागि दुर्भाग्य, युवाहरुको आन्दोलने नयाँ उर्जा दियोः प्रचण्ड



photo: rss/ file
अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भ्रष्टाचार विरकाल रुपमा फैलिएको बताउनुभएको छ ।

वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताउनुभएको हो । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भएपनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको बताउनु भयो । उहाँले भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनले भ्रष्टाचार विरोधी अभियान र आफूहरुले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ उर्जा दिएको उल्लेख गर्नुभयो । भ्रष्टाचारविरोधी आन्दोलनका लागि उहाँले युवाहरुलाई धन्यवाद समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार अहिले यो देशका निम्ति एउटा दुर्भाग्यको रूपमा, बडो विकराल परिस्थितिका रूपमा भ्रष्टाचारको समस्या देखिएको छ । हामी भ्रष्टाचारका विरुद्ध सरकारमा हुँदा होस् या सडकमा हुँदा, हामीले आवाज उठाउने कोशिस ग¥यौं, तर हाम्रो आवाज जति व्यापक रूपमा सुनिनुपथ्र्यो, सुनिएन । म जेनजी युवाहरूलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरूले भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा र स्वतन्त्रताका पक्षमा जसरी २३, २४ मा आवाज उठाइदिनुभयो, हामीले उठाउँदै गरेको भ्रष्टाचार विरोधी अभियानमा, हामीले उठाउँदै गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तपाईंहरूको आवाजले हामीलाई राम्रै ऊर्जा प्रदान गर्यो । त्यसको लागि तपाईंहरू सबैलाई धन्यवाद भन्न चाहन्छु ।’ 

उहाँले राष्ट्र पहिलो भन्ने भावनाका साथ सबै पुस्ताका नेपालीहरू एकजुट भएर देश निर्माणमा लाग्नुपर्नेमा बताउनु भयो ।