काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् ।
पहिलो खेल अन्तर्गत कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्र्धा हुँदैछ । केहीबेरमै सुरु हुने खेलमा कर्णालीले पहिले फिल्डिङ गर्ने भएको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।
यसअघिको खेलमा कर्णाली चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई नै ६ विकेटले हराएको थियो ।










