२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीमाथि युनाइटेडको लिग डबल



अ+ अ-

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई २-० ले हरायो र १० वर्षयता पहिलो पल्ट छिमेकी क्लबमाथि लिग डबल रच्यो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडका लागि एन्थोनी मार्टिएल र स्कट म्याकटोमनीले गोल गरे ।

दुवै गोल सिटीका गोलरक्षक एडरसनको भुलमा सम्भव भएको थियो । यो जितले युनाइटेडको अर्को सिजन युरोपेली च्याम्पिन्स लिग खेल्ने सपना पूरा हुने सम्भालना बलियो भएको छ । चौथो स्थानमा रहेको चेल्सीसँग युनाइटेड तीन अंकको दूरीमा छ ।

पाँचौं स्थानमा उक्लेको युनाइटेडले यस सिजन सिटीलाई हराएको यो तेस्रो पल्ट हो र सबै खाले प्रतियोगिताका १० खेलमा युनाइटेड अपराजित रहेको छ ।