२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुङफुमा बाल विकास च्याम्पियन



अ+ अ-

काठमाडौं । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको उपाधि जितेको छ । थाउलोमा १० र सान्डामा ७ गरी जम्मा १७ स्वर्ण जित्दै बाल विकास टिम च्याम्पियन बनेको हो ।

दोश्रो भएको भ्याली पब्लिकले ८ स्वर्ण हात पार्यो । तेश्रो स्थानमा चित्त बुझाएको मकवानपुरको सनराइज स्कुलले ७ स्वर्ण प्राप्त गर्यो ।

बाल विकासको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको पुरुषमा बाल विकासका रुपेश खतिवडा तथा महिलामा कौशलकी सिर्जना तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

बूढानीलकण्ठस्थित आयोजककै हातामा भएको प्रतियोगिताअन्तर्गत पुरुष ६०–६५ केजीमा पिचल्यान्डका तेजबहादुर मगर, ७० केजीमाथि बाल विकासका रुपेश खतिवडा, ५५–६० केजीमा बाल विकासका समराज गुरुङ, २५–३० केजीमा बाल विकासका सौगात चन्द, ३०–३५ केजीमा भद्रकालीका दिपु खरेल, ३५–४० केजीमा बाल विकासका पवन विष्ट, ४५–५० केजीमा भ्याली पब्लिकका लक्ष्मण परियार र ५०–५५ केजीमा भद्रकालीका इमानसिंह थापाले स्वर्ण जिते ।

महिला ५०–५५ केजीमा भ्याली पब्लिककी सोनाम वाङमो लामा, ५५–६० केजीमा ज्ञानकुमारीकी सनिता दुमी राई, २०–२५ केजीमा भ्याली पब्लिककी सक्रिय मगर, ३०–३५ केजीमा सेबकी भीमलक्ष्मी भ्लोन, २५–३० केजीमा संस्कारकी स्मृति थापा मगर र ४५–५० केजीमा बाल विकासकी सपना शाहीले पहिलो स्थान हात पारे ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, बूढानीलकण्ठ वडा ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, बाल विकासका अध्यक्ष शंकरदास श्रेष्ठ, बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठ, बाल विकास भाइस प्रिन्सिपल दिनेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न ४२ विद्यालयका ३ सय ५७ खेलाडीले ३२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुकमान लामाले जनाएका छन् ।