३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः लुम्बिनीको विजयी सुरूआत



अ+ अ-

काठमाडौँ: राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।

जितका लागि पाएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि गुलबुद्धिन नैबले अविजित ४४ र कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । बलिङतर्फ चितवनका रिजन ढकालले दुई तथा सोहेल तनविरले एक विकेट लिए ।

यसअघि त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपूरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरको खेलम ७ विकेटको क्षतिमा १४२ रन बनायो । चितवनका लागि रवि बोपाराले ६६, कप्तान कुशल मल्लले २१, देव खनालले १४, दीपक बोहराले १०, सैफ जैबले १५ तथा अर्जुन साउदले अविजित १५ रन बनाए । बलिङतर्फ लुम्बिनीका रुबेल ट्रम्पलम्यानले तीन तथा अभिषेश गौतम र गुलबुद्धिन नैबले दुई दुई विकेट लिए ।रासस