२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, निर्वाचन प्रयोजनार्थ सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र



अ+ अ-

काठमाडौँ । केन्द्रिय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ ।

आईतवार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले निर्वाचन प्रयोजनको लागि नेपाली सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि भएको जानकारी दिनुभयो । समितिको गत असोज ९ मा बसेको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना तर्जुमा गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उहाँले भन्नुभयो, ‘गत असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ तर्जुमा गर्नको लागि एउटा कार्यदल गठन गरिएको थियो । जसमा सुरक्षा निकायका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । त्यो कार्यदलले आफ्नो प्रतिवेदन बुझाईसकेपछि त्यही प्रतिवेदनमा आधारित रहेर एकीकृत सुरक्षा योजनामाथि व्यापक छलफल गरेर यसलाई स्वीकृत गर्ने निर्णय भएको छ । उक्त योजनामा सुरक्षा निकायहरु कसरी परिचालन हुने, सुरक्षा संवेदनशीलताका हिसाबले जिल्लाहरुबा वर्गिकरण भएर आएका मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरुको परिचालनको विषय र निर्वाचनको समयमा सुरक्षा व्यवस्थापनको सम्बन्धमा सुरक्षाका योजनाहरुलाई तीन तहमा विभाजना गरिएको छ । निर्वाचनपूर्व के गर्ने ? निर्वाचनको समयमा के गर्ने ? र निर्वाचनपश्चात के गर्ने भन्ने विषयहरु पनि छन् भने राजनीतिक अभियानहरु सीमानाकामा हुने अपराधिक कुराहरुको सबै सुरक्षा व्यवस्था योजनामा समावेश गरिएको छ । यी सबै कुरासहित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ सुरक्षा स्वीकृत गरेको छ । त्यस्तै निर्वाचन प्रयोजनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न भन्दै सुरक्षा परिषद्मा सिफारिस गर्न रक्षा मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि भएको छ ।’

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका रथी सहभागि हुनुुहुन्थ्यो ।