११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास

सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा) को दोस्रो वार्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शिक्षा क्षेत्रका संयोजक पौडेलले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ विगत सरकारकै मस्यौदाका आधारमा ल्याइएको जनाउनुभयो । उहाँले यो नियमावली ल्याउनुपर्ने आवश्यकता भएरै ल्याइए पनि कार्यान्वयनका सवालमा सरोकार भएका पक्षसँगको वार्तालाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार शैक्षिक परामर्श क्षेत्रका व्यवसायी र विद्यार्थीको हितमा रहने स्पष्ट गर्दै विदेशमा गएर आर्जन हुने सीप, अनुभव र पुँजीलाई स्वदेशको विकासका प्रयोग गरिनुपर्ने बताउनुभयो ।

नेक्साका अध्यक्ष सन्तोष खनालले शिक्षा तथा खेलकुद मन्त्रालयसँग आफूहरूको पहिलो चरणको वार्ता भएको र दोस्रो चरणको वार्ताका लागि विषयवस्तुको तयारी भइरहेको बताउनुभयो । उहाँले नियमावलीमा व्यवस्था गरिएको रु २५ लाख धरौटी, ‘कन्सल्टेन्सी’का कार्यालय पूर्वाधारका शर्तहरु, विदेशमा पढ्न जाने विद्यार्थीको दायित्वका विषयमा सरकारले पुनः विचार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डा जीवन खनाल, डा निरञ्जन कोइराला, डा विनय तामाङलगायतलाई सम्मान गरिएको थियो । उहाँहरूले ७० वर्षअघि युद्ध र गरिबीको चपेटामा परेको दक्षिण कोरियाली जनताले कडा मेहनतका साथ आफूलाई अहिले विकसित र सम्मन्न मुलुकका रुपान्तरण गरेको विषया नेपालका लागि गतिलो पाठ हुने बताउनुभयो ।

नेक्साका महासचिव गणेश बेल्वासेले ‘सिक, कमाउ र फर्क’ भन्ने अभियानका साथ आफूहरूले जिम्मेवारीपूर्वक शैक्षिक परामर्श सेवा सञ्चालन गरिरहेको र यसबारे आफ्नो दोस्रो वार्षिक साधारणसभामा समीक्षा हुने जानकारी दिनुभयो ।रासस
—