१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम



अ+ अ-

सुनसरी: जग्गा तथा आवास व्यवसायीले आधुनिक सहरी अवधारणालाई व्यवहारिकरुपमा विस्तार गर्ने लक्ष्य लिएका छन् ।

तीब्र सहरीकरणको चपेटामा पर्दै गएको सुनसरीको इटहरीमा शनिबार सम्पन्न विकास संघको प्रथम अधिवेशन तथा प्रदेश स्तरीय भेलाले आवास, सहरी पूर्वाधार तथा योजनाबद्ध विकासको विषयमा विस्तृत छलफल गरेको हो । छलफलले आधुनिक शहरी अवधारणालाई व्यहारिकरुपमा पालना गरेर अघि बढ्ने निर्णय लिएको हो ।

कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, जग्गा–आवास व्यवसायी तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले नेपालको द्रूत सहरीकरण, दीगो विकास र आधुनिक शहर निर्माणका लागि आफ्नो भूमिका तथा योजना प्रस्तुत गरेको थियो । कम्पनीले ग्रीन सिटी, स्मार्ट सिटी, डिजिटल सिटी, मेगा सिटी जस्ता आधुनिक सहरी अवधारणालाई नेपालमा व्यवहारिक रूपमा विस्तार गर्दै लैजाने लक्ष्य राखेको छ । भेलामा नेपाल जग्गा तथा आवास विकास महासंघका विष्णु प्रसाद घिमिरे जग्गा कारोबारमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले नेपालको सहरी रूपान्तरणका लागि आवश्यक जग्गा, आवास, पूर्वाधार तथा व्यवसायिक विकासमा नवीन सोच र आधुनिक प्रविधिको प्रयोग गर्दै सहकार्य गर्न तयार रहेको स्पष्ट पारेको छ ।

सहभागीहरुले योजनाबद्ध शहरीकरण, सुरक्षित आवास प्रणाली, स्वच्छ वातावरण तथा दीगो पूर्वाधार विकासमा संघले देखाएको सक्रिय भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिए । कार्यक्रमको समापनमा संघका पदाधिकारीहरूले नियमित रूपमा प्रदेशस्तरीय समन्वय, नीतिगत सुझाव तथा सहरी विकाससम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।