२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
अ अ+ अ-

काठमाडौंः नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पाँच वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो ।

आइतबार सेन्चुरी बैंक, प्रोग्रेसिभ फाइनान्स, मिर्मिरे लघुवित्त, कालिका पावर र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी पाँचै कम्पनीले पुस १९ गते सोमबार बुक क्लोज गर्दैछन् ।  
 
सेन्चुरी बैंकले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
 
यस्तै, प्रोग्रेसिभ फाइनान्सले पुस ३० गते साधारण सभा बोलाएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत वितरण गर्ने प्रस्ताव गर्नेछ ।  

त्यसैगरी, पुस २९ गतेका लागि वार्षिक साधारण सभा डाकेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गर्न लागेको छ ।  
 
कालिका पावरले भने पुस ३० गतेका लागि साधारण सभा बोलाएको छ । सभामा कम्पनीको गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।  

यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाले पुस २९ गते साधारण सभा डाकेको छ र त्यस सभामा कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्दैछ ।