२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेस्ट महिला भलिबलः काठमाडौँ स्पाइकर्सको जीत



फाइल फोटो
अ+ अ-

काठमाडौँ। काठमाडौँमा जारी एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौँ स्पाइकर्सले पोखरा निञ्जाजलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा काठमाडौँले पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो ।

काठमाडौँले सुरुआती दुई सेट २५–१९, २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा भने काठमाडौँ १२–२५ ले पछि प¥र्यो । चौथो सेटमा २५–१८ ले विजयी भयो ।

चार खेल खेल्दा दोस्रो जीत निकालेको काठमाडौँ ६ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पोखराले भने पाँचै खेल खेलिसक्दा १ जीत तथा ४ हारका साथ ४ अङ्क जोडेर लिग सकाएको छ ।  रासस