२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेस्ट महिला भलिबलः काठमाडौँ स्पाइकर्सको जीत



फाइल फोटो
अ+ अ-

काठमाडौँ। काठमाडौँमा जारी एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौँ स्पाइकर्सले पोखरा निञ्जाजलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा काठमाडौँले पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो ।

काठमाडौँले सुरुआती दुई सेट २५–१९, २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा भने काठमाडौँ १२–२५ ले पछि प¥र्यो । चौथो सेटमा २५–१८ ले विजयी भयो ।

चार खेल खेल्दा दोस्रो जीत निकालेको काठमाडौँ ६ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पोखराले भने पाँचै खेल खेलिसक्दा १ जीत तथा ४ हारका साथ ४ अङ्क जोडेर लिग सकाएको छ ।  रासस