• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

किवानिज पाटनले प्रकाशराज पाण्डेको अध्यक्षतामा कार्यसमिति गठन



काठमाडौँ । किवानिज क्लव अफ पाटन पहिलो कार्यसमिति गठन गरिएको छ । ललितपुरमा एक कार्यक्रमको आयोजना गरी किवानिज क्लव अफ पाटनले प्रकाशराज पाण्डेको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । 

कार्यसमितिमा अध्यक्षसहित १७ जना रहेका छन् । क्लवका अध्यक्षका पाण्डेले कार्यक्रममा बोल्दै क्लवले आगामी दिनमा विषेश गरेर बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा काम गर्ने धेरै क्लवहरु रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजाने बताउनु भयो । 

अध्यक्ष पाण्डेले भन्नुुभयो,‘किवानिज क्लव अफ पाटनले आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्नेगर्छ । यो काम गर्नको लागि क्लवले तत्काल तथा दिर्घकालिन योजना बनाएर अगाडि बढेको छ । बालबालिका लाई शारिरीक,बौदिक,सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढको छ । क्लवले विशेष गरेर शिक्षा, स्वास्थ्य,खेलकुद,वातावरणको क्षेत्रमा निरन्तर काम गर्ने छ। यस अगाडि व्यक्तिगत रुपमा गर्दै आएका सामाजिक कामहरु अब किवानिज क्लव अफ पाटन मार्फत गर्ने छौं  । बालबालिकाको अध्ययनको लागि छात्रवृत्तिका कार्यक्रम,उच्च हिमाली क्षेत्रमा स्वास्थ्य सिविर,वातावरण सरसफाई सम्बन्धि कार्यक्रम तथा वातावरण सफा राख्नको लागि विरुवा रोप्ने काम समेत गर्ने छ । यस्ता काम भाषण होइन गरेर देखाउने छौं । विशष गरेर दक्षिण ललितपुर, रामेछाप, दोलखा,सिन्धुली र काभ्रेमा स्तानीय तहको समेत समन्वयमा शिक्षा,स्वास्थ्यको क्षेत्रमा काम गर्ने तयारी छ । माघ महिनामा क्लवमार्फत् स्वास्थ्य सिविर राख्ने सम्र्पूण तयारी भएको छ।’

किवानिज क्लव अन्तर्राष्ट्रिय रुपमा १०७ वर्ष पुरानो क्लव हो । नेपालमा सन् २०१५ मा स्थापना भएको हो । क्लवले स्थापनादेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । उक्त कार्यक्रममा क्लवका डिष्ट्रिक गभर्नर मोहन लम्साल, डिष्ट्रिक इलेक्टेड गभर्नर एकराज पन्तलगायतको उपस्थिति रहेको थियो ।