२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयले के गर्दैछौं भन्न मिल्दैन तर शुद्ध चित्तले कर्म गरिरहेको छु: गृहमन्त्री अर्याल



अ+ अ-

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्ने बताउनु भएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस राख्दै गृहमन्त्री अर्यालले शुद्ध चित्तले कर्म गर्नेबाहेक आफूसँग अर्को विकल्प नरहेको प्रष्ट पार्नुभएको छ ।

उहाँले लेख्नुभएको छ –

गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।