२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

सन् २०२१: अमेरिकी संसदमा आक्रमणदेखि तालिबानको उदयसम्म

सन् २०२१: अमेरिकी संसदमा आक्रमणदेखि तालिबानको उदयसम्म
अ अ+ अ-

काठमाडौँ I अफगान सुरक्षाकर्मीहरु र अमेरिकी नेतृत्वको नेटो बहुराष्ट्रिय सेनासँग हिंसात्मक युद्ध गरेको तालिबानले राजधानी काबुल विनारक्तपात कब्जा गरेको घटना सन् २०२१ को विश्वकै सर्वाधिक चासो र चर्चाको विषय बन्न पुग्यो । अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गर्न लागेको अनुमान अमेरिकीहरुले पनि बढीमा महिना दिनअघि मात्र गरेका थिए । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने निर्णय गरेकाले अबका केही हप्तामै तालिबानहरुले काबुल कब्जा गर्न सक्छन् भनेर त पेन्टागनले भन्यो तर त्यतिबेला तालिबानहरुबाट अफगान सत्ता जोगाउने काममा भने ढिला भइसकेको थियो । 

करिब दुई दशकसम्म अमेरिकी सेनाका विरुद्धमा लडेको तालिबानले दिनप्रतिदिन नयाँ नयाँ सहरहरु कब्जा गर्दै गएपछि अमेरिकी सेनाले पनि बलजफ्ती गरेन, गर्न पनि सकेन । देशका अधिकांश भूभाग कब्जामा लिएका तालिबान विद्रोहीले अगष्ट १४ को राति काबुल घेराबन्दी गरे र अगष्ट १५ दिन त यहाँको सत्तामाथि विजय गरेको घोषणा गरे । देशमा रक्तपात हुनसक्ने अवस्था बढ्दै गएको आँकलन राष्ट्रपति असरफ घानीले गर्नुयभो र उहाँसहित उच्च अधिकारीहरूको सत्ता छोडिदिने निष्कर्षसहित राष्ट्रपति घानी पनि सत्ता त्यागेर विदेश पलायन हुनुभयो । तालिबानले विनारक्तपात राष्ट्रपति भवन कब्जा गरेपछि लडाइँ सकिएको घोषणा गर्दै अब भने जनजीवन सामान्य बनाउने र हिंसा हुन नदिने प्रयासतर्फ लागे ।

यो घटनाले फेरि एकपटक सत्ता कब्जा के हो र हतियारले सत्ता कसरी कुनै पनि देशको सत्तामाथि कब्जा हुन्छ भन्ने जानकारी अहिलेको पुस्तालाई राम्रैसँग जानकारी दिलायो । अमेरिकाले हात झिकिदिएपछि यता स्वदेशी सेनाले भने तालिबानसँग कुनै पनि प्रतिकार गरेन । तर अमेरिका भने यो परिणाम आउने अनुमानमा नरहेको विश्लेषणहरु आए । किनभने राष्ट्रपति डोनाल्ड ट्रम्पले जसरी अफगानिस्तानबाट सेना फिर्ता गर्ने नीति घोषणा गर्नुभयो त्यतिबेलाको अनुमान अब अफगान सेनाले नै देशको सत्ताको रक्षा गर्न सक्छ भन्ने थियो । पछि लगत्तै जो बाइडेन आएपछि भने यता तालिबानहरुले देशका विभिन्न भागमा बल देखाउन थालिसकेका थिए । उनीहरुले दिन प्रतिदिन नयाँ स्थान र शहरहरु कब्जा गरेका समाचारअरु आउन थालेपछि उता पेन्टागनले पनि अनुसन्धान थाल्यो । त्यस लगत्तै पेन्टागनको निष्कर्ष आयो– अब तालिबानहरु केही हप्तामै काबुल कब्जा गर्दैछन् । 

अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले अफगानिस्तानमा २० वर्षसम्म तालिबानविरुद्ध लडाइँ लड्यो । तर २० वर्षे लडाइले तालिबान पराजित भएनन् । त्यसो त अमेरिकी पहलमा संयुक्त राष्ट्रसंघले पनि विभिन्न चरणमा वार्ता गरी तालिबानलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास  नगरेको भने होइन । त्यसका लागि तालिबानहरुले राखेका सर्तस्वरुप नै अमेरिकाले आफ्नो सेना फिर्ता गरेको हो । तालिबानले नेटो सेना फिर्ता भएलगत्तै यता आफ्नो शक्ति सञ्चय थाले । आखिर त्यही शक्तिको आडले सत्तामा कब्जा जमाउन सफल भए । 

जसरी सन् २००१ को ट्वीन टाउर आक्रमणपछि अमेरिकाले थालेको आतंकवाद विरुद्धको लडाईँमा विश्व इस्लामहरुको पक्ष र विपक्षमा गरी दुई ध्रुवमा विभाजन भएको थियो ठीक त्यसैगरी तालिबानले अफगानिस्तान कब्जा गरेपछि पनि विश्व दुई धु्रवमै विभाजन भएको छ । अमेरिकाले आफ्नो सेना फिर्ता गर्नु हुन्थ्यो कि हुदैनथ्यो भन्नेमा विश्व विभाजित भयो । कतिले दुई दशकअघि अमेरिकी सेना अफगानिस्तानमा छिर्नु नै ठिक थिएन भने भने अरु कतिले अमेरिकी सेनाले यतिका लामो समयसम्म पनि अफगानिस्तानमा शान्ति कायम गर्न नसक्लाको यो परिणाम हो भन्ने तर्क गरे । उनीहरु अमेरिकाले यस देशको अवस्थालाई यो हालतमा पु¥याएर सेनाले छोडेर हिँडेको भनेर पनि टिप्पणी गरे । यो चर्चाले यस वर्षको उत्तराद्र्धतिर निकै नै चर्चा पायो । तर जेसुकै भए पनि सन् १९९४ मा औपचारिक रूपमा मुल्लाह मोहमद ओमरले स्थापना गरेको तालिबान समूहले त्यस यता अफगानिस्तानको सत्ता दुई पटक सम्म कब्जा गर्न भने सफल भयो । यसअघि सन् १९९६ मा र अहिले । यो समूहका संस्थापक ओमरको सन् २०१३ मा मारिएका छन् ओमरपछि आएका मुल्लाह अख्तर मन्सुर पनि सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मारिएका छन् । यतिखेर मौलावी हिबातुल्लाह आखुन्जदा तालिबानको नेतृत्वमा अफगानिस्तानको सत्ता चलेको छ । 

अहिले अफगानिस्तान कस्तो छ रु धेरैलाई यो अवस्था किन थाहा छैन भने अहिले अफगानिस्तान बन्द छ । अघिजस्तो खुला छैन । तालिबान सरकारलाई विश्वले औपचारिक मान्यता दिन मानेको पनि छैन । जस्तो कि सन् २०२१ को संयुक्त राष्ट्रसंघको महासभामा नै तालिबान सरकारको उपस्थिति स्वीकारिएन । हुनत उनीहरु समयसापेक्ष आफूहरु चल्ने र आधुनिक र नारी शिक्षालाई पनि स्वीकार गर्ने भनिरहेका छन् तर पनि यस मान्यताभित्र खुला शिक्षा र नारी अधिकारको बहसले मान्यता पाउन सकेको छैन । देश आर्थिक रुपमा जर्जर बन्दैछ भने तालिबानी पुरातनपन्थी विचारको बाहुल्यता कायमै छ । 

तालिबानलाई सहयोग गर्न विश्व समुदायले भनिरहेको छ, उता तालिबानहरु पनि सहयोगलाई खुला गर्न भनिरहेका छन् तर राजनीतिक रुपमा मान्यता पाउन नसकेको सरकारप्रति दाताहरुको हात माथि पर्न सकेको अवस्था देखिँदैन । यसरी नै चलिरहेको छ तालिबान अहिले । सत्ता कब्जाका बेला उनीहरुले विदेशी नागरिकलाई सकुशल स्वदेश फर्किन दिने र विश्व समुदायसँग मिलेरै समयानुकुल सत्ता सञ्चालन गर्ने भनाइबाट भने यस देश संकटमा पर्न नपाउने अनुमान धेरैको थियो । यही आशा र अबको तालिबानी सत्ता कस्तो हुन्छ भन्ने चर्चामै बित्यो सन् २०२१ । सबैले सहयोग गरौँ त भनिरहेका छन् तर जाडोका लागि केही लत्ता कपडा र खाद्यान्न बाहेकको सहयोग अफगानिस्तानले पाउन सकेको जस्तो भने देखिँदैन । 

त्यसो त वर्षको सुरुआतले पनि एक प्रकारको अकल्पनीय र अमिल्दो सत्ता कब्जाको अभ्यासको महसुस यो विश्वले ग¥यो । हुनत यसलाई कहीँ कतै कब्जाको शैलीका रुपमा प्रष्ट्याइएको छैन, तर पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले वर्षको सुरुआतमै अर्थात् जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमै पुगेर गरेको आक्रमण यो तीतो अनुभवनको एक दृष्टान्त बनेर सन् २०२१ को क्यालेन्डरभित्रै परेको छ । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम थियो त्यसैदिन । त्यस कार्यक्रमको व्यापक तयारी चलिरहँदा यता ट्रम्प समर्थकहरु संसद भवनभित्रै छिरे र तोडफोड नै सुरु गरे । उनीहरु संसद भवनभित्रै पसेर यसरी हमला गरेका थिए कि त्यसरी त तालिबानहरुले पनि सत्ता कब्जा गरेका थिएनन् । यसको अर्थ यो होइन कि तालिबानहरु आक्रामक होइनन् । तर उनीहरुले सत्ता कब्जा गरेको दिनको मात्र कुरा गर्ने हो भने काबुल बरु शान्त नै देखियो । 

ट्रम्प समर्थकको उक्त कार्यले एक प्रकारले भन्ने हो भने अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको थियो । यही व्याख्यासहित सर्वत्र आलोचना पनि भयो । यसकारण राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप समेत लाग्न पुग्यो । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोधसमेत गर्नुभयो । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाए र गरे ।
अमेरिकाको इतिहासमा नै पहिलो पटक उहाँमाथि दुई दुई पटक महाभियोग दर्ता पनि भए र कंग्रेसले पास पनि ग¥यो । आफूले सत्ता छोड्नुअघि आफ्ना कार्यकालमा गरेका राम्रा कामको जस लिने तयारी गर्नुपर्ने बेला  उहाँ महाभियोग र आफ्नै पार्टीका सांसदको समेत विरोधको सामना गर्दै हुनुहुन्थ्यो । यी यावत कारणहरुले गर्दा उहाँको आलोचना देशभित्र मात्र सीमित रहेन कि प्रजातान्त्रिक पद्धतिको उदाहरण दिने गरिएको विश्व समुदायले नै अमेरिकासँग प्रश्न नै गर्यो । 

यहाँसम्म कि देशका वरिष्ठ सैन्य अधिकारीहरुले समेत विज्ञप्ति नै प्रकाशन गरेर हिंसाको विरोध गरे । उनीहरुले नागरिकले निर्वाचित गरेको नेतृत्वको आदेशलाई सदैव पालना गर्दै आएको र २५० वर्षदेखिको संविधान र अमेरिकी जनताले सैन्य फोर्सलाई विश्वास गर्दै आएको समेत स्मरण गराए । सायद यिनै र विश्व समुदायको व्यापक आलोचनाका कारण हुनसक्छ ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथमा पनि आउनु भएन । यो पनि अमेरिकी इतिहासकै एक दुर्लभ घटनाका रुपमा विश्वव्यापी रुपमा चासो र चर्चाका रुपमा रह्यो ।  

सन् २०२१ को पूर्वाद्धको अमेरिकी राजनीतिको यो दृष्टान्त र वर्ष उत्तराद्र्धको तयारीतर्फ लाग्दैगर्दा अफगानिस्तानमा भएको तालिबानको उदयका यी दुई घटना नै विश्व राजनीतिका चर्चित घटनाका रुपमा रहे । यसबाहेक अघिल्ला वर्षहरुमा प्रायः चर्चाको शिखरमै रहने उत्तर कोरियाली नेताको चर्चा यसवर्ष त्यति सुनिएन । शक्तिशाली आणविक परीक्षण गर्ने र कहिले त अमेरिकासम्म आक्रमण गर्ने धम्की दिने गरेका उत्तर कोरियाली नेता किम जोङ उनका क्रियाकलापमा यसवर्ष भने कमी आयो ।  

करिब १६ वर्षसम्म सत्तामा रहेकी जर्मन चान्सलर एंगिला मार्किलको बहिर्गमन पनि सन् २०२१ को उत्तराद्र्धको एक चर्चित विषय हो । लामो समय चर्चामा रहेकी, युरोपेली युनियनबाट बेलायत बाहिरिँदाका घटनाक्रमहरुका साथै युरोपमा आप्रवासी समस्याका बारेमा समेत प्रायः चर्चामा आइरहने मार्किलले लामो समयपछि सत्ता परित्याग गर्दा युरोपमा मात्र नभएर विश्वमा नै चर्चा चलेको थियो ।रासस