५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकन आइडल: हलिउडमा नेपाली दिवेशको गितमा जजहरुको ‘मोर..मोर…’ (भिडियो)



अ+ अ-

अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली दिवेश पोखरेलले हलिउडमा दिएको पछिल्लो प्रस्तुतीले तीनैजना जज निकै प्रभावित भएका छन् । दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाएर रोकेका थिए तर निर्णायक मण्डलहरु यती हर्षित देखिन्थे कि दिवेशलाई गीतलाई निरन्तरता दिन आग्रह गरे । सुरुमा केटी पेरीले उठेर ‘मोर… मोर…’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर…’ भन्न थाले । दिवेशले निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

दिवेशले आफ्नो प्रस्तुती अघि सबै निर्णायक मण्डलहरुलाई अभिवादन स्वरुप ‘नमस्ते’ भनेका थिए । दर्शकदीर्घामा रहेकी उनकी दिदी रुपाले नमस्ते भनेर चिच्याउँदा तीनैजना निर्णायकले खुसी भएर उनलाई पुलुक्क हेरेपनि । दिवेशले गित गाँउदै गर्दा उनको त्यो मिठो गितमा निर्णायक मण्डलमा रहेका तीनैजना उभिएर ताली बजाउँदै उनको तालमा ताल मिलाए । जज ल्यूक ब्रायनले त दिवेशसँगै गाए पनि । दर्शकहरु पनि निकै उत्साहित देखिन्थे ।

प्रस्तुती पछि दिवेशले त्यसलाई निकै राम्रो अनुभव बताए । ‘मैले आफूलाई निर्णायक मण्डल र दर्शकसँग पूर्ण रुपमा जोडिएको महसुस गरेँ । निर्णायकहरु उभिनु भएको थियो र मसँगै गाउँदै रमाइरहनुएको थियो । यो निकै अद्भूत क्षण हो । ’ दिवेश पोखरेल स्टेज नाम आर्थर गनबाट चर्चित छन् ।

https://youtu.be/-k_2lLFhbWE