२० भाद्र २०८३, शनिबार
,
Latest
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको अवस्थाबारे छलफल गर्न राष्ट्रपतिलाई भेट्दै सभामुख र प्रदेश सभामुखहरु



फाइल फोटो
अ+ अ-

काठमाडौँ । सभामुख र राष्ट्रिय सभा अध्यक्षसहित प्रदेश सभामुखहरुको छलफल भएको छ ।

शुक्रवार सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत सात वटै प्रदेशका प्रदेश सभाका सभामुखहरुको छलफल भएको हो ।

छलफलमा बोल्दै सभामुख देवराज घिमिरेले देशको पछिल्लो स्थिति, संसदको अवस्थाका बारेमा छलफल भएको बताउनु भयो । उहाँले जेन जी आन्दोलनपछि देशमा उत्पन्न परिस्थितिका बारेमा छलफल हुने बताउनु भयो । यसै सन्दर्भलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग समय लिइसकेको र पौडेलसँगको छलफलपछि आवश्यक परे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग पनि छलफल गर्न सकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘खासगरीकन देशको सात वटै प्रदेशको र संघको बारेमा सभाको स्थितिका बारेमा भेटघाट गरेका हौँ । राष्ट्रपतिसँग समय लिएका छौँ । उहाँसँग भेट्नेछौँ । सरसल्लाहमा प्रधानमन्त्रीसँग भेट्ने कुरा भयो भने भेट्न सक्छौँ । भोलिका लागि समय मिलाउँ । प्रधानमन्त्रीलाई पनि भेट्दा राम्रै हुन्छ ।’

जेन जी पुस्ताको गत भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएको छ । नेकपा एमालेले प्रतिनिधि सभाको पुनःस्थापना हुनुपर्ने बताउँदै आएको अवस्थामा अन्य कम्युनिष्ट पार्टीहरुले भने निर्वाचनमा जाने निर्णय गरिसकेका छन् । नेपाली काँग्रेसले अहिलेसम्म कुनै निर्णय लिइसकेको छ । यद्यपि संसद विघटन असंवैधानिक रहेको निष्कर्ष काँग्रेसको छ ।