२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्यो: नेता परियार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले जेन–जी विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको भन्दै मुलुकमा सुशासन कायम गर्ने चुनौती राजनीतिक दलहरुका सामु रहेको बताउनुभएको छ ।

बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अमुख जाति, भाषा र संस्कृतिको मानिसले मात्र राज्यसत्ताको नेतृत्व गर्ने कुरा जेन–जी विद्रोहले खारेज गरिदिएको पनि बताउनु भयो । उहाँले समाजलाई थप लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी बाटोतर्फ लैजाने कुरामा राजनीतिक दलहरु थप चनाखो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उहाँ राज्य संरचनामा एउटै जाति र समुदायको नेतृत्वको तथ्यांक नै मुलुकको विकासका निम्ति गम्भीर समस्याको रुपमा रहेको धारणा राख्नुभयो । उहाँले जेन–जी विद्रोहले उठाएका एजेण्डाहरुलाई आत्मसाथ गरेर अघि बढ्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलनले भ्रष्टाचारलाई खारेज गरेको छ । कुशासनलाई खारेज गरेको छ । नातावादलाई खारेज गरेको छ । कृपावादलाई खारेज गरेको छ । र अमुख जाति, भाषा र संस्कृतिको मात्र नेतृत्व हुने कुरालाई पनि खारेज गरेको छ । यी कुराहरुलाई स्थापित गर्ने कुरा राजनीतिक दलका लागि सबैभन्दा ठुलो चुनौती हो भन्ने मलाई लाग्छ । त्यसकारण नेपाली समाजलाई अझै लोकतान्त्रिक बनाउने, अझै अग्रगमनतिर लग्ने, प्रगतिशील र अग्रगामी बनाउने  कुरामा दलहरु चनाखो हुनुपर्छ । अहिले हाम्रो तथ्यले नै हामीलाई बर्बाद पारिरहेको छ । यो देश कुनैपनि जाति र समूदायको बहुमत भएको देश होइन । तर एउटै जाति, एउटै समूदाय र एउटै लिंगका मानिसहरु बारम्बार राज्यसत्तामा भइरहनुपनि भन्ने कुरा पनि जेनजी विद्रोहले गरेको गरेको छ । त्यसकारण आज जेनजी आन्दोलनले मुलुकमा जुन वातावरण सिर्जना गरेको छ । त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टी जेनजी आन्दोलनले स्थापित गरेका एजेण्डालाई आत्मसाथ गरेर अघि बढ्ने कुरामा प्रतिबद्ध रहेको छ । हामी जेन–जी आन्दोलनको मर्म र मागअनुसार नै पार्टीलाई अगाडि बढाउँछौं ।’

उहाँले पार्टीमा रहेका समस्याहरुको समाधान खोज्दै पार्टीलाई जेन–जी आन्दोलनको मर्मअनुसार अगाडि बढाउने कुरामा पार्टी गम्भीर बहस र छलफलमा रहेको पनि बताउनु भयो ।