७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ, नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा संकल्प लिएर अघि बढौँः झलनाथ खनाल

माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ, नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा संकल्प लिएर अघि बढौँः झलनाथ खनाल
अ+ अ-

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषता सहितको सुन्दर, स्वतन्त्र नेपाल निर्माण गर्ने भएकाले अबका दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सम्मानित नेता खनालले इतिहासमा मालेबाट एमाले बनाएको अवस्थालाई स्मरण गर्दै अबका दिनमा एकीकृत समाजवादीको क्रान्तिकारी धारको लेगेसीलाई पुनःजागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताउनु भयो । कुनै अर्को पार्टीमा गएर विलय हुनेकुरा गलत भएको बताउँदै पार्टी पुनः गठनमा जुट्न आह्वान गर्नुभयो । अब आफूहरु नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्ने दाबी गर्दै सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी अहिलेसम्म त यही पार्टी हो, पार्टीमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुकहरु चाहे झापामा रहेका हुनुहोस्, चाहे ताप्लेजुङमा रहेको हुनुहोस्, चाहे कञ्चनपुरमा रहेको हुनुहोस्, चाहे तपाईं दार्चुलामा रहेको हुनुहोस् । हिमाल मधेस जहाँ रहनुभएको होस् तपाईंहरुलाई म के भन्न चहन्छु भने हामी अहिले कमरेड माधवकुमार नेपालको नेतृत्वमा रहेको खोटको कारणले अहिले यो पार्टी विभाजित हुँदैछ र यो पार्टीको अर्को फ्याक्सन चाहीँ अब अर्को पार्टीमा गएर विलय हुँदैछ । त्यसो हुनाले यो विलय हुने कुरा पनि विलकुल अहिलेको अवस्थामा गलत कुरा हो र यो पार्टीलाई विभाजन गर्नेकुरा झन गलत कुरा थियो तर अब हामी चाहीँ पार्टीलाई पुनर्गठन गर्न बाध्य भएका छौँ । त्यसकारण कोही पनि साथीले आत्तिनुपर्ने जरुरी छैन । कतैतिर गएर विलय हुनुपर्ने आवश्यकता पनि छैन । कहीँ गएर निहुरिएर प्रवेश गर्नुपर्ने आवश्यकता पनि छैन । सबैलाई स्वाभिमानका साथ ठिङ्ग उभ्भिन र यो पार्टी पुनर्गठन गर्ने अभियानमा लाग्न म सबैलाई आर्दिक अनुरोध गर्दछु । हामी एउटा नयाँ कार्यदिशा नीति र सिद्धान्तको आधारमा अघि बढ्छौँ । तपाईं हामी सबैको सपना भनेको एउटा सुन्दर नेपाली विशेषता सहितको सुन्दर नेपाल, एउटा स्वतन्त्र नेपाल, एउटा स्वाधिन नेपाल, एउटा समृद्ध नेपाल, तमाम भ्रष्टाचार, बेभिचार कुशासन आदि समाप्त भएको नेपाल । वर्ग, वर्गिय भेद, जातिय भेद, विविध खालका सामाजिक भेद, अनेक प्रकारका भाषागत भेद र धार्मिक भेद छन् त्यस्ता नभएको नेपाल, साँच्चै नै सुन्दर सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माण गर्ने तपाईं हामीको सपना हो । हो यो सपना पूरा गर्नका लागि हामीले अब नयाँ पार्टी निर्माण गर्नुपर्ने आवश्यकता देखियो र यो नयाँ पार्टी निर्माण गर्ने प्रक्रियाप्रति एउटा संकल्प लिएर अगाडि बढौं । कोही पनि देब्रे दाहिने नलाग्नुहोस् । अब हामी त्यो नेतृत्व गर्छौं, हामी नेतृत्व गर्छाैं तपाईलाई सहि नेतृत्व दिन्छौँ, लप्पन छप्पन गर्ने खाले चाहीँ विविध ढंगले विचैलियाका पछि लाग्ने जस्ता खालका कामहरुबाट होइन हामी सच्चा अर्थमा जनतासँग जाने, जनतालाई जागृत गर्ने, संगठित गर्ने र साचो अर्थको स्वाधिन, स्वतन्त्र, समृद्ध नेपाल निर्माण गर्नेमा हामी अगुवाइ गर्छौं र हामी साचो अर्थको सच्चा पार्टी बनाउँछौ । जसरी हामीले माले, एमाले बनाउँदा खेरि त्यो कालखण्डमा साँचो अर्थका क्रन्तिकारी पार्र्टी बनाएका थियौ त्यसलाई हामी रिभाइभ गर्छौं, पुनःजागृत गर्छौं । हामी नेकपा एकीकृत सामाजवादीको क्रान्तिकारी धारको जुन लेगेसि हो त्यसलाई हामीले निरन्तरता दिन्छौ । नेकपाको क्रान्तिकारी धारलाई जुन छ त्यसको लेगेसिलाई हामी निरन्तरता दिन्छौ र आजको विशिष्ट अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति बमोजिम हामी एउटा नयाँ पार्टी निर्माण गर्छौं ।’
सम्मानित नेता खनालले आजको विशिष्ट अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति बमोजिम नयाँ पार्टी निर्माणमा आफूहरु लाग्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल