१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई सर्वोच्चको धक्का, राजदूत फिर्ताको निर्णय रोक्का



अ+ अ-

काठमाडौं: सर्वोच्च अदालतले सरकारले केही दिन अघि हटाएका राजदूतहरुलाई नहटाउन आदेश दिएको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

वर्तमान शुसिला कार्की सरकारले केही दिन अघि विभिन्न ११ देशका लागि नेपाली राजदूतहरुलाई हटाउने निर्णय गरेको थियो । यी राजदूतले सरकारको नीति विपरीत कार्य गरेको आरोप थियो ।

सरकारले हटाएका राजदूतहरुमा अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि राजदूत डा कृष्ण प्रसाद ओली, बेलायत चन्द्र कुमार घिमिरे, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा नेत्रप्रसाद तिमल्सिना, कतार रमेश चन्द्र पौडेल, रुस जंग बहादुर चौहान, साउदी अरेबिया नरेश विक्रम ढकाल, स्पेन शनिल नेपाल र जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी रहेका छन् ।