१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई सर्वोच्चको धक्का, राजदूत फिर्ताको निर्णय रोक्का



अ+ अ-

काठमाडौं: सर्वोच्च अदालतले सरकारले केही दिन अघि हटाएका राजदूतहरुलाई नहटाउन आदेश दिएको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

वर्तमान शुसिला कार्की सरकारले केही दिन अघि विभिन्न ११ देशका लागि नेपाली राजदूतहरुलाई हटाउने निर्णय गरेको थियो । यी राजदूतले सरकारको नीति विपरीत कार्य गरेको आरोप थियो ।

सरकारले हटाएका राजदूतहरुमा अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि राजदूत डा कृष्ण प्रसाद ओली, बेलायत चन्द्र कुमार घिमिरे, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा नेत्रप्रसाद तिमल्सिना, कतार रमेश चन्द्र पौडेल, रुस जंग बहादुर चौहान, साउदी अरेबिया नरेश विक्रम ढकाल, स्पेन शनिल नेपाल र जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी रहेका छन् ।




भर्खरै