५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिपक्षीय छलफलमा राप्रपाले राख्यो राजासहितको नयाँ समझदारीको प्रस्ताव



अ+ अ-

काठमाडौं । सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरुको बैठकमा राप्रपालले राजा, राजनीतिक दल र जेन–जीका बीच नयाँ समझदारी गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेको छ ।

राप्रपाले अहिलेको संविधान र प्रणालीबाट जेन–जीलेृ खोलेको परिवर्तन सम्भव नहुने भएकाले राजासहितको नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव राखेको हो ।

बैठकमा राप्रपाका तर्फबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी थिए ।

 

बैठकपछि राप्रपाका प्रवक्ता श्रेष्ठले आफूहरुले राखेका प्रस्तावबारे सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आज प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरुको संयुक्त बैठक राख्नुभयो । बैठकमा राप्रपाको तर्फबाट महामन्त्री राजेन्द्र गुरुङ र म सहभागी भयौं ।

अघिल्लो बालुवाटार बैठक सरकार र राजनीतिक दलको बीच भएको थियो जहाँ राप्रपाको धारणा राखिएकै थियो । आज जेनजी प्रतिनिधिहरु समेत सहभागी भएको बैठकमा राप्रपाले,

१. यहि संविधान र प्रणालीबाट जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव नहुने भएकाले राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखेको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरे बमोजिमको राजनीतिक धारणा सरकार, राजनीतिक दल र जेनजीहरु सम्मिलित बालुवाटार बैठकमा औपचारिक रुपमा प्रवेश गराइएको छ।

२. विद्रोह अधुरो रहँदा पूर्ण विद्रोहको सम्भावना जीवित रहने भएकाले जेनजी विद्रोहमा उठेका राजनीतिक मुद्धाहरु, संविधान संशोधन र सुशासनसंग सम्बन्धित विषयहरुलाई सम्बोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखिएको छ।

३. विगतको त्रुटिपूर्ण मार्गचित्रका कारण देशमा आजको अवस्था सिर्जना भएको र यो अवस्थामा सुधार नगरी पुरानो मार्गचित्रकै निरन्तरताले फेरी पनि गलत ठाऊँमै पुगिने अवश्यम्भावी छ। इतिहासले दिएको यो अवसरलाई कोर्स करेक्सनको अवसरको रुपमा सदुपयोग गर्न सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराइएको छ।

४. प्रधानमन्त्री सुशीला कार्कीलाई इतिहासले दिएको कोर्स करेक्सनको यो अवसरलाई आवश्यक पहलकदमी लिन र इतिहासले सदा सम्मानपूर्वक सम्झने पात्रको रुपमा दर्ज हुन आग्रह गरिएको छ।

५. निर्वाचन जस्तो प्रजातान्त्रिक पद्धतिबाट राप्रपा अलग हुँदैन तर यथास्थितिमा हुने निर्वाचनले समाधान दिदैन भन्ने राप्रपाको व्याख्यात्मक धारणा राखिएको छ।

६. राप्रपाले उठाउदै आएको राजनीतिक, सामाजिक र सुशासनसंग सम्बन्धित विषयलाई बुँदागत रुपमा राखिएको छ।

७. जेनजीका कतिपय फरक फरक धारणाहरुलाई संश्लेषण गरी जेनजी विद्रोहको स्पिरिटसंग एकरुपता कायम गर्न आग्रह गरिएको छ।