७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

गृहमन्त्रीले किन देखे भक्तपुरमा सुरक्षा ‘थ्रेट’ ?

गृहमन्त्रीले किन देखे भक्तपुरमा सुरक्षा ‘थ्रेट’ ?
अ+ अ-

काठमाडौँ: तिहार र छठ लगत्तै आन्दोलन हुँदैछ भन्ने हल्लालाई सरकारले पनि पुष्टि गरेको छ । सो प्रचारप्रति सरकार पनि सतर्क रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्यवंले बताएका छन् । उनले यससम्बन्धी ब्रिफिङ नै गरेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलवार सरकार र दलहरुबीचको बैठकमा नै यससम्बन्धी जानकारी गराएका हुन् । उनले तिहार र छठपछि आन्दोलन हुन लागेको जानकारी सरकारले प्राप्त गरेको र त्यसमा पनि भक्तपुर सबैभन्दा धेरै सुरक्षा थ्रेटको अवस्थामा रहेको जानकारी गराएका थिए ।

उनको सुरुको संकेत त दुर्गा प्रसाईंप्रति थियो । तर पछि पनि उनले अन्य सुरक्षा चुनौतीहरु औंल्याउँदै लगे र भक्तपुरको गुण्डुसम्म पु-याएका थिए । त्यसमा उनले देखेको अर्काे सुरक्षा चुनौती एमाले नेता महेश बस्नेत थिए ।

उनको ब्रिफिङ त्यत्तिमै पनि सकिएन । त्यसपछिको उनको अर्काे सुरक्षा थ्रेटका रुपमा एमाले अध्यक्ष केपी ओलीलाई नै औल्याए । त्यसपछि भने दलका प्रतिनिधिका रुपमा त्यहाँ उपस्थित एमाले महासचिव शंकर पोखरलले गृहमन्त्रीमाथि जाइलागेका थिए ।

ओलीका पछिल्लो अभिव्यक्ति र सरकारमाथिको आलोचनालाई गृहमन्त्रीले आगामी चुनाव र वर्तमान सरकारमाथि कै सुरक्षा चुनौतीका रुपमा व्याख्या गरेका थिए ।

त्यसपछि महासचिव पोखरेलले भनेका थिए— सरकारले चुनावमा भाग लिन सरकारलाई आग्रह पनि गर्छ अनि प्रमुख दलका नेतालाई नै सुरक्षा चुनौती देख्छ भने यो दलप्रतिको प्रतिशोध नभएर के हो ? यसरी पनि कहीँ चुनाव हुन्छ ? यस्तै हो भने चुनावको नाटक किन गर्नुपर्यो ?

पछिल्लो समय एमाले अध्यक्ष ओलीले गृहमन्त्रीमाथि निकै नै तिखो आलोचना गरिरहेका छन् । त्यस्तै यो सरकार अवैधानिक रहेकोले कुनै दिन पुक्लुक्क ढल्ने पनि बताइरहेका छन् । खासमा गृहमन्त्री अर्यालले दुर्गा प्रसाईंलाई सुरक्षा चुनौतीका रुपमा रुपमा देखेको बताएका थिए । यो प्रतिक्रियासँगै प्रसाईंमाथि कठोर हुने संकेत पनि गृहमन्त्रीले गरेका गरेका छन् ।

उता व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले छठपछि काठमाडौंमा मात्र नभएर देशैभरि देश ठप्प पार्ने खालको आन्दोलन गर्ने जानकारी सार्वजनिक रुपमा नै गराइरहेका छन् । उनले टेलिभिजनमा अन्तर्वार्ता नै दिएर आन्दोलनका कारण कम्तीमा पनि दुई महिना देश नै ठप्प पर्ने भएकाले दाल चामल तथा ग्यास किनेर घरमा राख्न समेत जनतालाई आह्वान गरेका छन् ।

उनको यो तयारीसँगै यता सरकारले भने प्रसाईमाथि राजनीतिक व्यवहार नगरिने संकेत दिएको छ । त्यसैले पनि गृहमन्त्रीले भक्तपुरबाट सरकारलाई खासगरी दुईथरी चुनौति थपिएको र त्यो एमाले अध्यक्ष ओली र दुर्गा प्रसाईतिर संकेत गरेका छन् ।

उनीहरु दुवैजना र एमालेका अर्का नेता महेश बस्नेत पनि भक्तपुरमै बस्छन् । गृहमन्त्री अर्यालले यो आन्दोलनलाई वास्ता नगर्न र चुनावको तायारीमा लाग्न आग्रह गर्दै दलहरुलाई आस्वस्त पार्ने प्रयास गरेका थिए ।

उनले स्पष्ट भाषामा नै प्रसाईमाथि छठलगत्तै सरकारले नियन्त्रण गर्ने संकेत देखाएका थिए । सो बैठकमा सहभागी एकजना नेताका अनुसार सरकारले दुर्गा प्रसाईमाथि राजनीतिक नभएर एकजना अपराधीको जस्तो व्यवहार गर्न सक्ने संकेत देखिएको छ । गृहमन्त्री अर्यालले छठपछि प्रसाईलाई सरकारले कडा निगरानीमा राख्ने या घरमै नजरबन्द गर्ने सम्मको तयारी गरेको छ ।

सो बैठकमा गृहमन्त्री आर्यालले राजनीतिक दलका नेताहरुले आफूलाई लक्षित गरेर आपत्तिजनक तथा धम्कीपूर्ण अभिव्यक्ति दिने गरेको भनेर दुख पनि पोखेका थिए । त्यतिमात्र नभएर उनले मिडियाबाट पनि आफूले साथ नपाएको दुखेसो पोखेका थिए । आफूले बोलेका कुराहरु पनि मिडियाबाट बंग्याएर आउने गरेको तथा नेताहरुले आफूलाई दिएका धम्कीहरु धेरै नै आउने गरेको जानकारी उनले दिएका थिए ।

यो सरकारलाई विस्थापित गर्ने षडयन्त्र राजनीतिक दलहरुबाट भइरहेको अभिव्यक्ति गृहमन्त्रीले दिएपछि एमाले बाहेकका अरु नेताहरुले पनि उनीसँग सवालजवाफ गरेका थिए ।