८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

हमासले फिर्ता गरेका चार बन्धकमध्ये नेपाली विद्यार्थी विपीन जोशीसहितको शव पहिचान

हमासले फिर्ता गरेका चार बन्धकमध्ये नेपाली विद्यार्थी विपीन जोशीसहितको शव पहिचान
अ+ अ-

एजेन्सी । इजरायली सेनाले मङ्गलबार हमासले फिर्ता गरेका चार जना बन्धकमध्ये एक नेपाली विद्यार्थी बिपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि गरेको छ । अन्य दुई बन्धकको नाम भने परिवारको अनुरोधमा हाललाई सार्वजनिक गरिएको छैन ।

इजरायली सेनाले एक विज्ञप्तिमा २६ वर्षीय गाइ इलुज सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा दक्षिण इजरायलमा आयोजित नोभा सङ्गीत महोत्सवमा सहभागी भएका बेला अपहरणमा पर्नुभएको थियो ।

आक्रमणको समय उहाँ जिपमा भाग्ने प्रयासमा हुनुहुन्थ्यो र पछि रूखमा लुक्नुभएको थियो, जहाँबाट उहाँले आफ्ना आमाबाबुसँग अन्तिम सम्पर्क गर्नुभएको थियो । त्यसपछि उहाँलाई कब्जा गरी गाजामा लगिएको थियो ।

सेनाका अनुसार इलुज अपहरणका क्रममा घाइते हुनुभएको थियो र कैदमा रहँदा उपचारको अभावमा मृत्यु भएको थियो । उहाँको मृत्युको सटीक मिति सार्वजनिक नगरिए पनि सन् २०२३ डिसेम्बरमा उहाँको निधन पुष्टि गरिएको थियो । इलुज प्रसिद्ध इजरायली सङ्गीतकारहरूका लागि ध्वनि टेक्निसियनको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

२२ वर्षीय नेपाली विद्यार्थी विपीन जोशी हमासको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुग्नुभएको थियो । उहाँ किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा पर्नुभएको थियो । आक्रमण हुनुअघि उहाँले त्यहाँका थाई कामदारहरूसँग शरण लिएको एउटा तस्बिर सार्वजनिक भएको थियो । इजरायली सेनाका अनुसार युद्धको पहिलो महिनाहरूमा कैदमै उहाँको हत्या गरिएको अनुमान गरिएको छ ।

जोशीका सहपाठी हिमाञ्चल कट्टेलले एएफपीसँगको कुराकानीमा कि आक्रमणका क्रममा आतङ्ककारीहरूले उहाँहरू लुकेका आश्रयमा ग्रेनेड फ्याँकेका थिए, जसलाई जोशीले समातेर विस्फोट हुनुअघि बाहिर फ्याँकिदिनुभएको थियो । “उहाँको वीरताले मेरो ज्यान बचायो”, कट्टेलले भावुक हुँदै भन्नुभयो ।

होस्टेजेस एन्ड मिसिङ फेमिलिज फोरम नामक मुख्य इजरायली समूहले विज्ञप्ति जारी गर्दै भनेको छ, “गाइ र विपीनको पुनरागमनले दुई वर्षभन्दा बढी समयदेखि पीडादायी अनिश्चिततामा बाँचिरहेका परिवारहरूलाई केही हदसम्म सान्त्वना दिएको छ । तर हामी सबै २४ जना बन्धक घर फर्किएसम्म आराम गर्नेछैनौँ ।”

हमासले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताको एक अङ्गका रूपमा सबै २० जना जीवित बन्धक रिहा गरेसँगै चार शव फिर्ता गरेको थियो । प्यालेस्टिनी लडाकूहरूका हातमा अझै २४ जना बन्धकका शव रहेका छन् । ती शवलाई पनि युद्धविराम सम्झौताका सर्तअनुसार निकट भविष्यमा फिर्ता गरिने अपेक्षा गरिएको छ ।