५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्रीलाई आईसीयूबाट निकालियो



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणपछि उपचारमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन बिहीबार आईसीयूबाट बाहिर निकालिएका छन् । बीबीसीका अनुसार लण्डनस्थित सेन्ट थम्सन अस्पतालमा आइतबारदेखि उनको उपचार भइरहेको छ । तर, उनी अझै केही दिन अस्पतालमा नै बस्ने जनाईएको छ ।

जोन्सनको अवस्थामा सुधार आएसँगै उनलाई आईसीयूबाट बाहिर निकालिएको हो । जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि उनी आइतबार अस्पताल भर्ना भएका थिए । सोमबार उनलाई आईसीयूमा राखिएको थियो । यद्यपि उनलाई भेन्टिलेटरमा भने राख्नुपरेको थिएन ।