१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग

कोरोना भाइरस संक्रमणका चार चरण यसरी छुट्याइन्छ…

कोरोना भाइरस संक्रमणका चार चरण यसरी छुट्याइन्छ…
अ अ+ अ-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २२ फागुनमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ ।’ दुबईबाट आएका कैलालीका कोरोना संक्रमित व्यक्तिबाट उनकी भाउजूमा कोरोना संक्रमण भएसँगै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको भनाइ थियो, प्रवक्ता डा. देवकोटाको । नयाँ वर्ष ०७७ को पूर्वसन्ध्या (३० चैत) सम्म आइपुग्दा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ । भारतबाट नेपाल आएका तीन भारतीयमा संक्रमण रहेको पुष्टि भएसँगै यो संख्या नौबाट बढेर १२ पुगेको हो ।

दुबईबाट आएका व्यक्तिबाट उनकै परिवारका एक सदस्यको रूपमा रहेकी भाउजूमा कोरोना संक्रमण विस्तार हुँदा नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताइएको थियो । अहिले नेपाल आएका भारतीयहरूमा संक्रमण देखिएपछि नेपाल संक्रमणको कुन चरणमा प्रवेश गर्यो होला त ? यो प्रश्नको उत्तरअघि कुन मुलुकमा कोरोना संक्रमण कुन चरणमा छ भनेर केका आधारमा निर्क्योल गरिन्छ र त्यसका चरण कतिवटा हुन्छन् भन्ने कुरा बुझ्न आवश्यक छ ।

भाइरसको संक्रमण विस्तारका चार चरण हुन्छन् । ती निम्नबमोजिम छन्:

पहिलो चरणः रोगको पहिलो उपस्थिति
कोरोना भाइरस संक्रमणको पहिलो चरण भनेको पहिलोपटक रोग देखिनु हो । यो चरणमा कुन मानिसमा, कहाँबाट, कसरी संक्रमण भयो भन्ने जानकारी हुन्छ । जस्तो कि नेपालमा पहिलो चरणमा चीनको वुहानबाट आएका नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको थियो । ती युवालाई कहाँ र कसरी संक्रमण भयो भनेर थाहा भएको थियो ।

दोस्रो चरणः स्थानीय संक्रमण
रोगको संक्रमण स्थानीय रूपमै देखिएको अवस्थालाई दोस्रो चरण मानिन्छ । जस्तो, दुबईबाट आएका कैलालीका युवाबाट उनकी भाउजूलाई कोरोना संक्रमण हुनु स्थानीय संक्रमण हो । यो चरणसँगै संक्रमण विस्तार हुन सुरु गरेको हुन्छ । यो अवस्थालाई तेस्रो र चौथो चरणभन्दा कम भयानक मानिन्छ । किनकि सरकारले राम्रोसँग काम गर्ने हो भने ती संक्रमितहरूबाट सम्भावित संक्रमित व्यक्तिहरू पत्ता लगाउन सकिन्छ ।यो अवस्थामा संक्रमणको आशंका रहेका व्यक्तिहरूलाई ‘आइसोलेसन’मा राखेर परीक्षण गर्न सकिन्छ ।

तेस्रो चरणः सामुदायिक संक्रमण
‘कम्युनिटी ट्रान्समिसन’ अर्थात् सामुदायिक संक्रमणको फैलावट भने जटिल अवस्था हो । यसलाई संक्रमणको तेस्रो चरण भनिन्छ । यस चरणमा संक्रमित व्यक्ति कुन मानिसबाट संक्रमित भयो भन्ने नै अनुमान लगाउन सकिँदैन । त्यसैले यो चरणमा ती व्यक्ति रहेको क्षेत्र र त्यहाँका मानिसलाई ‘लकडाउन’मा राखेर तीव्र रूपमा परीक्षण गरिनुपर्छ । यो अवस्थामा मानिसलाई संक्रमणबाट बचाउन निश्चित क्षेत्र, जस्तै देश, राज्य अथवा जिल्ला पूर्ण रूपमा ‘लकडाउन’ नै गरिनुपर्छ ।

चौथो चरणः व्यापक प्रकोप
संक्रमणको चौथो अर्थात् अन्तिम चरणमा भाइरसको संक्रमणले महामारीको रूप लिन्छ, र संक्रमित एवं मृत्यु हुनेको संख्या दोब्बर–तेब्बर हुँदै जान्छ । र, यो देशव्यापी रूपमा नै विस्तार हुन्छ । यस्तो व्यापक प्रकोप गत फेब्रुअरीमा चीनमा भएको थियो । अमेरिका, इटाली, स्पेनलगायतका देश अहिले यो चरणमा रहेका छन् । यो चरणको अवस्थामा कोरोना भाइरसको नियन्त्रण गर्न निकै नै कठिन हुन्छ ।

यतिवेला नेपाल संक्रमणको दोस्रो चरणमा छ । यो चरणको अवस्था भनेको संक्रमण नियन्त्रणनिकटको अवस्था हो । अर्थात् यो चरणमा संक्रमितहरू कहाँ–कहाँ छन् भनेर थाहा पाउन सकिन्छ । र, तिनीहरूलाई आइसोलेसनमा राखेर र परीक्षण गरेर संक्रमण फैलिनबाट जोगाउन सकिन्छ ।

संक्रमणको दोस्रो चरण मात्र रहेको नेपाल तेस्रो चरणमा प्रवेश गर्यो भने त्यो निकै जटिल विषय हुनेछ । माथि नै भनिसकियो, यो चरणमा संक्रमण कहाँबाट कुन मानिसमा विस्तार भयो भन्ने जानकारी हुँदैन । र, यही कारण संक्रमण विस्तार हुनबाट रोक्न सकिँदैन । नयाँ पत्रिका दैनिक