१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग

क्वारेन्टाइनमा बसेका समाजबाटै अपहेलित !

क्वारेन्टाइनमा बसेका समाजबाटै अपहेलित !
अ अ+ अ-

ललितपुर । विदेशबाट आएपछि ‘सेल्फ क्वारेन्टाइन’मा बसेकाहरू ‘कुनै स्वास्थ्य समस्या नदेखिए’ पनि समाजबाट ‘अपहेलित हुनुपरेको’ महसुस गरिरहेका छन् । विदेशबाट फर्किएर महालक्ष्मी नगरपालिकामा आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’मा बसेका उनीहरू कोरोना त्राससँगै समाजको दृष्टिकोणप्रति दुःखी देखिएका हुन् । मनोबल उच्च बनाउनुको साटो केही अन्य तत्वले ‘छिःछिः–दुरदुर’ गर्ने, घृणा गर्ने, देख्नेबित्तिकै टाढैबाट भाग्ने, ‘घर–टोलबाट टाढा गइदिए हुन्थ्यो जस्ताे भाव देखाइरहेको उनीहरूले अनुभव गरिरहेका छन् । म्यानमारबाट गत ७ चैतमा स्वदेश फर्किएकी वर्षा राजभण्डारी यस्तो मारमा परेकीमध्ये एक हुन् । उनी आफ्नै ङ्खल्याटमा चौध दिन ‘सेल्फ क्वारेन्टाइन’मा बसिसकेकी छन् ।

विदेशबाट आएको तीन साता भइसक्दा पनि उनमा कुनै स्वास्थ्य समस्या देखिएको छैन । ‘एउटा सामाजिक संस्थामा काम गर्ने क्रममा म्यानमारमा थिए“, भर्खरै नेपालबाट बिदा सकाएर म्यानमार के पुगेकी थिएँ ? कोरोना संक्रमणको खतरा बढ्दै जाँदा स्वदेश फर्किए“,’ राजभण्डारी भन्छिन्, ‘यहाँ आएर सावधानीपूर्वक सेल्फ क्बारेन्टाइनमा बसें, खाना खाने भाडादेखि सुत्नेकोठा र अरू वस्तु छुट्टै प्रयोग गरें, कोठाभित्रै बसेर अफिसिएल काम गरिरहेकी छु ।’ ङ्खल्याटमा एउटा मात्र शौचालय भएकाले त्यसको प्रयोग भाइ र आफूले मात्र गरेको राजभण्डारी सुनाउ“छिन् । ‘मनमा कताकता विदेशबाट आएकाले केही होला कि भनेर सतर्क थिए“,’ उनी भन्छिन्, ‘सरसफाइमा विशेष ध्यान दिएकी छु, समाज र छरछिमेकको व्यवहारदेखि भने चित्त दुखेको छ । जहाँ बसे पनि आफ्नै देश आउने चाहना हुनु स्वाभाविक हो ।’

विदेशबाट फर्किएलगत्तै लकडाउन भएपछि राजभण्डारी क्वारेन्टाइनमा बसिन् । त्यतिबेला उनका छिमेकी अनेक तरहका कुरा गर्थे । ‘भाइरसंग तेरो दिदीलाई अरूबाट टाढै बस्न भन, ऊ बाहिर आयो भने भाइरस सार्न सक्छ भनेर भाइलाई टेन्सन दिइरहेका थिए,’ उनले सुनाइन्, ‘हुन पनि उनीहरू डराउनु स्वाभाविक हो । सतर्कता अपनाउने कसरी र समाजको भूमिका कस्तो हुनुपर्छ भनेर यस्तो बेला मनोबल बढाउनुको साटो अनेक कुरा गरिनुहुन्न जस्तो लाग्छ ।’ सुरक्षा सतर्कताका लागि घचघचाउने तर भने तनाव दिन नहुने राजभण्डारीको आग्रह छ । ‘भाडामै बसे पनि सबैका कोठा छुट्टाछुट्टै नहुनेलाई छिमेकीले कसरी सहजीकरण गर्नुपर्छ भन्ने सोच्नुपर्छ,’ उनी भन्छिन् ।

महालक्ष्मी नगरपालिकामा विदेशबाट आएर ‘सेल्फ क्वारेन्टाइन’मा बसेका ७० जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाब नमुना लिइसकिएको छ । त्यस क्रममा हेल्थपोस्टमा पुग्दासमेत वरपर टोलकाले घेरेर हेरिरहँदा साह्रै दुःख लागेको राजभण्डारीले बताइन् । ८ वडामा बस्ने उनलाई अध्यक्षबाटै नमुना संकलनका लागि अनुरोध गरिएको हो । पछिल्लो तीन सातासम्म विदेशबाट आएका ७० जना ‘सेल्फ क्वारेन्टाइन’मा बसेको महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।

महालक्ष्मीमा बेलायत, नर्वे, कतार, मलेसिया, अस्ट्रेलिया, यूएई, म्यानमार, भारत, बंगलादेश, माल्दिभ्सलगायतका देशबाट आएका क्वारेन्टाइनमा छन् । बेलायतबाट एक वर्षको छुट्टीमा आएकी प्रमिला राई वडा ९ भुजुङ्गेमा बस्छिन् । उनी गत २१ फागुनमा स्वदेश आए पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेकी छन् । ‘वरपर यो घरमा विदेशबाट आएका मान्छे छन् भनेर कुरा गरिरहेको पाइएको छ,’ राई भन्छिन्, ‘मलाई कुनै तनाव छैन, तैपनि परीक्षण गरिहालौं भनेर आएकी हुँ, समाजको दृष्टिकोण त्यति राम्रो लागेन ।’ कतारबाट आएका रामकिशोर राईलाई पनि छरछिमेकले ‘विदेशबाट आएको’ भनेर गरेको व्यवहार देख्दा दुःख लागेको छ ।

वडा ८ मै रहेकी निहिता विश्वासले आफूहरूलाई कोरानासँग जोडिएका लक्षण नदेखिए पनि ‘विदेशबाट आएको’ भन्नेबित्तिकै देखाउने व्यवहार त्यति राम्रो नभएको बताउछिन् । नर्वेमा सुत्केरी छोरी स्याहार्न तीन महिनाका लागि गएका दम्पति बलराम थापा र सानु थापा त्यहाँ पुगेको एकसातामै स्वदेश फर्किए । ‘गाउँ जाँदा अरूले के भन्लान् ?’ भन्ने डरले छोरीको घरमा १५ दिन बसेर मात्र गाउँ गएको बलारामले बताए । विदेशबाट आएका एक युवकले आफूलाई ‘घरबेटीबाटै दबाब आएको र अरूले पनि तुच्छ व्यवहार गरेकाले पीडामाथि झन् पीडा थपिएको’ तीतो अनुभव सुनाए ।

महालक्ष्मी नगरपालिकाको आग्रह र स्वास्थ्य कार्यालय ललितपुरको अगुवाइमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ल्याब अधिकृत टोलीले बिहीबार र शुक्रबार उनीहरूको स्वावको नमुना लिएको छ । राजधानी दैनिक