१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

स्वास्थ्य कार्यालयको नेतृत्वमा अस्पतालको अनुगमन शुरु

स्वास्थ्य कार्यालयको नेतृत्वमा अस्पतालको अनुगमन शुरु
अ अ+ अ-

स्वास्थ्य कार्यालय भक्तपुरले विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर जिल्लामा रहेका अस्पतालको अवस्था र तयारीबारेमा बुझ्न अनुगमन थालेको छ । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले पहिलो दिन कारोना संक्रमणको हब अस्पतालका रूपमा रहेको भक्तपुर अस्पताल दूधपाटी, डा. इवामुरा अस्पताल सल्लाघारी, सिद्धिस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन र सहजीकरण गरेको हो ।

आइसोलेसन र आईसीयू सञ्चालन तथा तयारीको अवस्था र मापदण्ड तथा अस्पतालको दैनिक सेवाका बारेमा बुझ्न र सहजीकरण गर्न अनुगमन थालिएको मिजारले बताए। भक्तपुरका ८ वटा अस्पतालमा ९८ शैयाको आइसोलेसन वार्ड तयार गरिएको छ । हाल भक्तपुर अस्पतालमा १०, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६, मध्यपुर अस्पताल ठिमीमा प्रस्तावित ८, काठमाडौं मेडिकल अस्पतालको दुवाकोट शाखामा ७२, डा. इवामुरा मेमोरियलमा ६, नागरिक अस्पताल गठ्ठाघरमा ३ र सिद्धिस्मृति अस्पतालमा १ गरी ९८ शैयाको आइसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य प्रमुख मिजारले बताए ।

यसै गरी यिनै अस्पतालको समन्वयमा थप २७ शैयाको आइसोलेसन वार्डसमेत विस्तार गर्न सकिने अवस्था रहेको उनको भनाइ छ । यिनै अस्पतालमा २३ शैयाको आईसीयू सञ्चालनको तयारी अवस्थामा रहेको र बाँकी १६ शैया सञ्चालनका लागि प्रस्तावित अवस्थामा रहेका छन् । जिल्लाको हब अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेसन शैया बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिए । भक्तपुर अस्पतालले नै १९ शैयाको सिंगो मेडिकल वार्डलाई आइसोलेसन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाइएको डा. गौतमले बताए ।

मेसु डा. गौतमले आवश्यक परे त्यहींबाट संक्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्थासमेत गर्ने जानकारी दिए । गौतमका अनुसार अस्पतालमा संक्रमितहरू आइहालेको अवस्थामा उचित उपचारका लागि आवश्यक स्वास्थ्य जनशक्तिलाई अस्पतालमै बस्ने व्यवस्थासमेत गरिएको छ ।काठमाडौं मेडिकल अस्पतालका डा. विनीता प्रधानले सरकारको स्वीकृति, सहयोग र सहजीकरण पाए कोभिड–१९ का बिरामी उपचारमा प्रयोग गर्न परेमा विशेष अस्पतालका रूपमा सेवा गर्न पनि तयार रहेको बताए । यसै गरी डा. इवामुरा अस्पतालका सञ्चालक रञ्जित मारिखुले संकटका बेला अस्पतालले बुताले भ्याएसम्म सक्दो स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको बताए ।

अनुगमनपछि स्वास्थ्य कार्यालयका प्रमुख मिजारले अस्पतालहरूले गरेको तयारीप्रति प्रसन्नता व्यक्त गर्दै थप सुधार, तयारी र मापदण्डका बारेमा सुझाव दिइएको बताए । उनले अस्पतालहरूको सक्रियता र तयारीमा हौसला थप्न, सक्दो सहयोग र सहजीकरण गर्न स्वास्थ्य कार्यालयले समन्वय गर्ने बताए । नेपाल समाचारपत्र दैनिक