२६ असार २०८३, शुक्रबार
,
Latest
बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो छ ‘कान्तारा च्याप्टर–१’, हलमा जाने कि ओटीटीमा कुर्ने ?



अ+ अ-

एजेन्सी । फिल्म ‘कान्तारा च्याप्टर १’, ऋषभ शेट्टीको फिल्म विश्वप्यापी रुपमा सिनेमाघरमा रिलिज भइसकेको छ । यो फिल्म ७ भाषामा उपलब्ध छ र दर्शकलाई रहस्यमय र सांस्कृतिक यात्रामा लैजान्छ । के यो फिल्म आफ्नो पहिलो भागझैं दर्शकलाई प्रभावित पार्न सफल हुनेछ ? यसबारे यहाँ चर्चा गरौं ।

फिल्मको कथा कस्तो छ ?
फिल्मको कथा कर्नाटकको काल्पनिक गाउँ कांतारा र त्यस वरिपरिको जंगलमा आधारित छ । गाउँलेहरू विश्वास गर्छन् कि तिनीहरूको रक्षा ईश्वरका गणहरूले गर्छन् । तर, गाउँ र जंगलको जग्गा कब्जा गर्ने लालसा बोकेको राजा र उसका छोरा कुलसेखरले यो शान्तिलाई चुनौती दिन्छन् ।

कुलसेखरले कान्ताराका जनतामाथि अत्याचार गर्छ । यसबीच, आदिवासी नेता बर्मेले आफ्नो साहस र रणनीतिद्वारा कुलसेखरको योजनालाई असफल पार्छ र ‘गुलिका अनुष्ठान’ मार्फत उसको हत्या गर्छ ।

तर, कथा यतिमै सकिँदैन । त्यसपछि सुरु हुन्छ छल, षड्यन्त्र र रणनीतिको खेल ।

त्यसमा कनकवती (रुक्मिणी वसन्त)को सरप्राइज प्रवेश र जंगलका देवता पनजुरलीको शक्ति कथामा रोमाञ्च र गहिराई थप्छन् । फिल्मको क्लाइमेक्स र अनुष्ठानका दृश्यहरूले अन्त्यसम्म दर्शकलाई बाँधिराख्छन् ।

फिल्ममा अभिनय कस्तो छ ?
ऋषभ शेट्टी ‘बर्मे’ को रूपमा पूर्ण रूपमा सहज र प्रभावशाली देखिन्छन् । उनले यसमा आफ्नो सम्पूर्ण लगानी गरेका छन्, जुन उनको अभिनयमा स्पष्ट देखिन्छ । यो उनको वर्षौंसम्म सम्झिने खालको प्रदर्शन हो ।

रुक्मिणी वसन्तको दमदार अभिनय र ग्रे शेड्सले कथामा नयाँ आयाम थप्छ । जयराम र गुलशन देवैयाले पनि आफ्ना–आफ्ना भूमिकामा गहिरो छाप छोडेका छन् ।

निर्देशन र प्राविधिक पक्ष
ऋषभ शेट्टीले कथाको टोनलाई रियल तथा र (कच्चा) राखेका छन् । अरविन्द एस. कश्यपको सिनेमाटोग्राफीले जंगल र गाउँको लोकेशनलाई प्रभावशाली ढंगले क्यामेरामा उतारेको छ । प्रोडक्सन डिजाइन पनि निकै प्रभावशाली छ, जसले आदिवासी संस्कृति र परम्परालाई वास्तविक रूपमा प्रस्तुत गरेको छ ।

एक्सन सीनहरू रोमाञ्चक छन् भने बीच–बीचमा राखिएका कमेडी सीनहरूले फिल्मलाई हल्का र मनोरञ्जनात्मक बनाउँछन् । तर केही दृश्यले फिल्मको गति ढिलो बनाउँछन् । त्यसलाई कसिलो बनाइएको भए वा हटाइएका भए फिल्म अझ आकर्षक हुन सक्थ्यो । हिन्दी डबिङमा भने कतैकतै संवाद र भावनात्मक गहिराइ पूरै आउँदैन ।

संगीत र मनोरञ्जन
फिल्मको ब्याकग्राउण्ड स्कोर र संगीत अजनीश लोकनाथले गरेका छन् जुन् उत्कृष्ट छन् । गीतहरूले कथालाई अझ प्रभावशाली बनाएका छन् ।

फिल्मको अन्तिम मूल्यांकन
‘कान्तारा च्याप्टर १’ केवल फिल्म मात्र होइन, एउटा अनुभव हो । यसले लोककथाहरू, विश्वास र जंगलका रहस्यलाई अद्भुत दृश्य र दमदार अभिनयसँग प्रस्तुत गरेको छ । दोस्रो भागमा केही ग्राफिक्स कमजोर भए पनि समग्रमा यो फिल्म हेर्न लायक र रोमाञ्चक छ।