१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’

बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’
अ अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवका आयोजना बुढीगण्डकी जलविद्युत् परियोजना र काठमाडौं–तराई/मधेस द्रुतमार्गलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्।

भट्टराईले विभिन्न राजनीतिक दलसँग आबद्ध बुढीगण्डकी परियोजना प्रभावित क्षेत्रका युवाहरूसँग गम्भीर छलफल भएको उल्लेख गर्दै परियोजना विभिन्न बहानामा अझै पनि निर्माण नहुने हो कि भन्ने युवाहरूको चिन्ताबाट आफू पनि चिन्तित भएको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत उनले हालको ‘लाङटाङ हिमाली महाविपत्ति’पछि ठूला राष्ट्रिय गौरवका परियोजनाबारे आशंका बढ्नु स्वाभाविक भए पनि विपत्तिले यस्ता आयोजनालाई रोक्नेभन्दा अझ सुरक्षित र व्यवस्थित ढंगले अघि बढाउनुपर्ने आवश्यकता देखाएको उल्लेख गरेका छन्।

भट्टराईले आफू प्रधानमन्त्री भएका बेला परिकल्पना गरिएको बहुउद्देश्यीय ढाँचामा बुढीगण्डकी परियोजना तथा एकीकृत र समन्वित ढाँचामा काठमाडौं–तराई/मधेस द्रुतमार्गसँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिनुपर्ने बताएका छन्।

ठूला भौतिक पूर्वाधारको प्राविधिक डिजाइनमा पछिल्लो विपत्तिपछि थप सतर्कता आवश्यक हुनसक्ने उल्लेख गर्दै उनले सम्भावित विपत्तिको डरले विकास निर्माण नै रोक्नु बुद्धिमानी नहुने धारणा राखेका छन्।

विशेषगरी रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा विस्थापित परिवारका लागि नयाँ बस्ती निर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै भट्टराईले बुढीगण्डकी करिडोरको एकीकृत विकासका क्रममा रिङरोड वरपर प्रस्तावित नयाँ बस्तीको अवधारणा तत्काल कार्यान्वयनमा ल्याउन सकिने बताएका छन्। यसले राष्ट्रिय दृष्टिकोणबाट किफायती र उपयोगी हुने उनको भनाइ छ।

त्यसैगरी, हालको विपत्तिले सडक तथा पुल सञ्जालमा ठूलो क्षति पुर्‍याउँदा राजधानी काठमाडौंको बाह्य सम्पर्कसमेत प्रभावित भएको भन्दै उनले काठमाडौं–तराई/मधेस द्रुतमार्ग र त्यसको अभिन्न अंगका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिटो निर्माण गर्नु अनिवार्य भएको बताएका छन्।

भट्टराईले आफू प्रधानमन्त्री रहेका बेला १७ वटा ठूला पूर्वाधार आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने क्रममा द्रुतमार्ग र निजगढ विमानस्थललाई पहिलो तथा बुढीगण्डकीलाई दोस्रो प्राथमिकताको आयोजना भनेर सार्वजनिक रूपमा घोषणा गरेको स्मरणसमेत गरेका छन्।

युवा इन्जिनियरको नेतृत्वमा रहेको र सुविधाजनक एकल बहुमत प्राप्त वर्तमान सरकारले राष्ट्रिय गौरवका यी आयोजनालाई उच्च प्राथमिकताका साथ छिटो सम्पन्न गर्न सके इतिहासले त्यसको उच्च मूल्यांकन गर्ने भट्टराईको भनाइ छ।