३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीलाई सोधे–योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ?



अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणी न्यौपानेले लामो समयदेखि रिक्त रहेका राजदूत पदमा नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद न्यौपानेले राजदूतको पद रिक्त राखेर नेपालको कूटनीति बलियो हुन नसक्ने बताउनुभयो । योग्यता, क्षमता र विज्ञता भएका इच्छुक नेपाली नागरिक प्रशस्त रहे पनि राजदूत नियुक्ति प्रक्रिया अघि नबढेको भन्दै उहाँले सरकारसँग प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो हुँदैन । अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ? योग्यता, क्षमता र विज्ञता भएका इच्छुक नेपाली नागरिकहरू पनि प्रशस्तै छन् । अनि रोकियो चाहिँ कहाँ ? के ले रोक्यो, कसले रोक्यो सरकार ?”

प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेको अवस्थामा अमेरिकामै नेपालको राजदूत नरहनु विडम्बनापूर्ण भएको उहाँले बताउनुभयो । रिक्त रहेका कूटनीतिक नियोगलाई लामो समय नेतृत्वविहीन नराखी तत्काल राजदूत नियुक्त गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

सांसद न्यौपानेले नेपालको परराष्ट्र नीतिलाई कर्मचारीको भरमा मात्र नछोड्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सक्षम र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर नेपालको कूटनीतिक उपस्थितिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।