३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी वा श्रमिकका रूपमा रूपान्तरण गर्ने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसद रुक्मिणी कोइरालाले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई हाल औपचारिक कर्मचारी वा श्रमिकका रूपमा वर्गीकरण नगरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सामाजिक सुरक्षा कोषमा औपचारिक आबद्धताका लागि रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध, आधारभूत पारिश्रमिक तथा नियमित योगदान आवश्यक पर्ने भएकाले हालको संरचनामा सबै स्वयंसेविकालाई कोषमा आबद्ध गर्न नसकिएको हो ।

मन्त्री मेहताका अनुसार देशभर ५० हजारभन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । सरकारले स्वयंसेविकालाई वार्षिक १० हजार रुपैयाँ पोशाक भत्ता, १८ हजार रुपैयाँ यातायात खर्च र अवकाशका बेला २० हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य बीमाको प्रिमियममा समेत सरकारले ५० प्रतिशत योगदान गर्दै आएको उहाँले बताउनुभयो ।

स्वयंसेविकाको क्षमता अभिवृद्धिका लागि १० दिनको आधारभूत तालिम तथा प्रत्येक वर्ष चार दिनको पुनर्ताजगी तालिम सञ्चालन भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा आधारभूत तथा पुनर्ताजगी तालिमका लागि ७७ वटै स्वास्थ्य कार्यालयमार्फत करिब ११ करोड ८७ लाख रुपैयाँ उपलब्ध गराइएको उहाँको भनाइ छ ।

प्रदेश तथा स्थानीय तहले समेत स्वयंसेविकालाई विभिन्न अतिरिक्त सुविधा र प्रोत्साहन उपलब्ध गराउँदै आएको मन्त्री मेहताले बताउनुभयो । कतिपय स्थानीय तहले मासिक प्रोत्साहन भत्ता, यातायात तथा सञ्चार खर्च, चाडपर्व खर्च र अवकाशमा सम्मानसहितको बिदाइ रकमसमेत दिने गरेको उहाँले जानकारी दिनुभयो ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले मासिक तलबको माग गर्दै आएको विषयमा सरकारको गम्भीर चासो रहेको मन्त्री मेहताले बताउनुभयो । स्वयंसेविकालाई कर्मचारीका रूपमा रूपान्तरण गर्ने विषयमा उनीहरूको योगदान, सेवाको प्रकृति, सामाजिक सुरक्षा र राज्यको दायित्वलाई समेटेर आवश्यक नीतिगत तथा कानुनी विकल्पबारे अध्ययन र छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सेवा, सुविधा, सामाजिक सुरक्षा तथा दीर्घकालीन हितलाई ध्यानमा राख्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी दिगो व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।