३१ भाद्र २०८३, बुधबार
,
Latest
‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संसदीय समितिको संस्थागत भूमिका तथा मर्यादालाई पर्याप्त महत्व नदिएको आरोप लगाउनुभएको छ ।

सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गर्ने अवस्था बन्न नहुने बताउनुभयो । प्रमुख प्रतिपक्षी दलका नेता संसदमा बोल्दा समेत प्रधानमन्त्रीको उपस्थिति नदेखिने गरेको उल्लेख गर्दै उहाँले सरकारको नेतृत्वबाट संसदको संस्थागत भूमिकालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

रसुवाको भोटेकोशी बाढीपछिको विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्ने सर्वदलीय निर्णय प्रधानमन्त्रीले स्वीकार नगरे समस्या उत्पन्न हुनसक्ने थापाको भनाइ छ । यस विषयमा उहाँले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत ध्यानाकर्षण गराएको बताउनुभयो ।

थापाले संसदीय समितिलाई महत्वपूर्ण जिम्मेवारी दिएपछि त्यसको काम, अधिकार र मर्यादालाई सरकारले सम्मान गर्नुपर्ने बताउनुभयो । समितिले तयार पार्ने प्रतिवेदन सरकारले ग्रहण गरी त्यसका आधारमा आवश्यक काम अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले कांग्रेसले सरकारलाई सहयोग गरिरहेको उल्लेख गर्दै संसदीय समितिमा बसेर जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयो । तर, समितिले तयार गरेको प्रतिवेदनमाथि सरकारले छलफल र कार्यान्वयनमा रुचि नदेखाए त्यसले समस्या निम्त्याउन सक्ने उहाँले चेतावनी दिनुभयो ।

थापाले भन्नुभयो, “संसदप्रतिको प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसदलाई पूर्ण रूपमा बेवास्ता गर्ने खालको छ । प्रमुख प्रतिपक्षी दलको नेताले संसदमा बोल्दा पनि उहाँको उपस्थिति देखिँदैन ।”

संसदीय समिति गठन गर्दा त्यसको कार्यक्षेत्र, जिम्मेवारी र आगामी कामबारे प्रधानमन्त्रीसँग सुरुदेखि नै संवाद गर्न रास्वपा सभापति लामिछानेलाई सुझाव दिएको पनि थापाले बताउनुभयो । यसो गर्दा समितिले तयार गर्ने प्रतिवेदन कार्यान्वयनका क्रममा सरकार र संसदबीच असमझदारी उत्पन्न नहुने उहाँको भनाइ छ ।

सर्वदलीय बैठकमा एक साताभित्र संसदीय समिति गठनका लागि सभामुखलाई औपचारिक रूपमा आग्रह गर्ने विषयमा समझदारी भएको थापाले जानकारी दिनुभयो । संसदीय समिति गठन र विपद् व्यवस्थापनका विषयमा दलहरूबीच सहकार्य जारी रहने उहाँले बताउनुभयो ।