३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवका आयोजना बुढीगण्डकी जलविद्युत् परियोजना र काठमाडौं–तराई/मधेस द्रुतमार्गलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्।

भट्टराईले विभिन्न राजनीतिक दलसँग आबद्ध बुढीगण्डकी परियोजना प्रभावित क्षेत्रका युवाहरूसँग गम्भीर छलफल भएको उल्लेख गर्दै परियोजना विभिन्न बहानामा अझै पनि निर्माण नहुने हो कि भन्ने युवाहरूको चिन्ताबाट आफू पनि चिन्तित भएको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत उनले हालको ‘लाङटाङ हिमाली महाविपत्ति’पछि ठूला राष्ट्रिय गौरवका परियोजनाबारे आशंका बढ्नु स्वाभाविक भए पनि विपत्तिले यस्ता आयोजनालाई रोक्नेभन्दा अझ सुरक्षित र व्यवस्थित ढंगले अघि बढाउनुपर्ने आवश्यकता देखाएको उल्लेख गरेका छन्।

भट्टराईले आफू प्रधानमन्त्री भएका बेला परिकल्पना गरिएको बहुउद्देश्यीय ढाँचामा बुढीगण्डकी परियोजना तथा एकीकृत र समन्वित ढाँचामा काठमाडौं–तराई/मधेस द्रुतमार्गसँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिनुपर्ने बताएका छन्।

ठूला भौतिक पूर्वाधारको प्राविधिक डिजाइनमा पछिल्लो विपत्तिपछि थप सतर्कता आवश्यक हुनसक्ने उल्लेख गर्दै उनले सम्भावित विपत्तिको डरले विकास निर्माण नै रोक्नु बुद्धिमानी नहुने धारणा राखेका छन्।

विशेषगरी रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा विस्थापित परिवारका लागि नयाँ बस्ती निर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै भट्टराईले बुढीगण्डकी करिडोरको एकीकृत विकासका क्रममा रिङरोड वरपर प्रस्तावित नयाँ बस्तीको अवधारणा तत्काल कार्यान्वयनमा ल्याउन सकिने बताएका छन्। यसले राष्ट्रिय दृष्टिकोणबाट किफायती र उपयोगी हुने उनको भनाइ छ।

त्यसैगरी, हालको विपत्तिले सडक तथा पुल सञ्जालमा ठूलो क्षति पुर्‍याउँदा राजधानी काठमाडौंको बाह्य सम्पर्कसमेत प्रभावित भएको भन्दै उनले काठमाडौं–तराई/मधेस द्रुतमार्ग र त्यसको अभिन्न अंगका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिटो निर्माण गर्नु अनिवार्य भएको बताएका छन्।

भट्टराईले आफू प्रधानमन्त्री रहेका बेला १७ वटा ठूला पूर्वाधार आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने क्रममा द्रुतमार्ग र निजगढ विमानस्थललाई पहिलो तथा बुढीगण्डकीलाई दोस्रो प्राथमिकताको आयोजना भनेर सार्वजनिक रूपमा घोषणा गरेको स्मरणसमेत गरेका छन्।

युवा इन्जिनियरको नेतृत्वमा रहेको र सुविधाजनक एकल बहुमत प्राप्त वर्तमान सरकारले राष्ट्रिय गौरवका यी आयोजनालाई उच्च प्राथमिकताका साथ छिटो सम्पन्न गर्न सके इतिहासले त्यसको उच्च मूल्यांकन गर्ने भट्टराईको भनाइ छ।