१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै

ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै
अ अ+ अ-

काठमाडौँ। भारतको दोस्रो ठूलो राज्य मध्य प्रदेशमा ब्रिक्सको नयाँ विकास बैंक (एनडीबी) को आर्थिक सहयोगमा निर्माण गरिएको सडक परियोजनाले स्थानीय बासिन्दाको जीवनयापन सहज बनाउनुका साथै रोजगारी र व्यवसायका अवसरसमेत बढाएको छ ।

सन् २०२३ मा सम्पन्न मध्य प्रदेश मेजर डिस्ट्रिक्ट रोड्स परियोजना अन्तर्गत राज्यभरका १ हजार ५४० किलोमिटरभन्दा बढी प्रमुख जिल्ला सडकको स्तरोन्नति गरिएको थियो ।

सडक निर्माण तथा स्तरोन्नतिको काम मध्य प्रदेश रोड डेभलपमेन्ट कर्पोरेसन लिमिटेड (एमपीआरडीसी) ले गरेको हो । एमपीआरडीसीका प्राविधिक सल्लाहकार इन्जिनियर आर.के. मेहराकाअनुसार परियोजना शुरु हुनुअघि विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा अधिकांश सडकको अवस्था निकै खराब थियो ।

एनडीबीको सहयोगमा ती सडकलाई पुनर्निर्माण तथा स्तरोन्नति गर्दै टिकाउ र गुणस्तरीय सडक निर्माण गरिएको उनले बताए। यसबाट ग्रामीण क्षेत्र र साना सहरमा भरपर्दो यातायात तथा सञ्चार सम्पर्क स्थापित भएको उनको भनाइ छ ।

परियोजनाअन्तर्गत निर्माण गरिएका अधिकांश सडकले करिब ३ हजारदेखि १० हजार जनसंख्या भएका गाउँ तथा साना सहरलाई जिल्ला सदरमुकाम र अन्य प्रमुख केन्द्रसँग जोड्छन् ।

सडकको अवस्था सुधार भएपछि स्थानीय बासिन्दाका लागि यात्रा छिटो, सहज र सुरक्षित भएको छ । सडक सञ्जाल विस्तारसँगै जिल्ला अस्पताल, विद्यालय, कलेज, सीप विकास केन्द्र, सरकारी कार्यालय तथा सार्वजनिक सेवामा स्थानीयको पहुँचसमेत सहज भएको छ ।

बैंक, बजार तथा कृषि उपज बिक्री केन्द्रसम्म पुग्न सजिलो भएपछि रोजगारी र व्यवसायका अवसर बढेको परियोजना अधिकारीहरूले बताएका छन् ।

इन्जिनियर मेहराले एनडीबी र ब्रिक्सबीचको सहकार्यले विकासका प्राथमिकतालाई वास्तविक पूर्वाधार परियोजनामा रूपान्तरण गर्दै विकासशील देशका नागरिकको जीवनस्तर सुधार गर्नसक्ने उदाहरणका रूपमा परियोजनालाई व्याख्या गरेका छन् ।

सडक पूर्वाधारमा गरिएको लगानीले ग्रामीण अर्थतन्त्रलाई बजारसँग जोड्नुका साथै शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल