२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै

ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै
अ अ+ अ-

काठमाडौँ। भारतको दोस्रो ठूलो राज्य मध्य प्रदेशमा ब्रिक्सको नयाँ विकास बैंक (एनडीबी) को आर्थिक सहयोगमा निर्माण गरिएको सडक परियोजनाले स्थानीय बासिन्दाको जीवनयापन सहज बनाउनुका साथै रोजगारी र व्यवसायका अवसरसमेत बढाएको छ ।

सन् २०२३ मा सम्पन्न मध्य प्रदेश मेजर डिस्ट्रिक्ट रोड्स परियोजना अन्तर्गत राज्यभरका १ हजार ५४० किलोमिटरभन्दा बढी प्रमुख जिल्ला सडकको स्तरोन्नति गरिएको थियो ।

सडक निर्माण तथा स्तरोन्नतिको काम मध्य प्रदेश रोड डेभलपमेन्ट कर्पोरेसन लिमिटेड (एमपीआरडीसी) ले गरेको हो । एमपीआरडीसीका प्राविधिक सल्लाहकार इन्जिनियर आर.के. मेहराकाअनुसार परियोजना शुरु हुनुअघि विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा अधिकांश सडकको अवस्था निकै खराब थियो ।

एनडीबीको सहयोगमा ती सडकलाई पुनर्निर्माण तथा स्तरोन्नति गर्दै टिकाउ र गुणस्तरीय सडक निर्माण गरिएको उनले बताए। यसबाट ग्रामीण क्षेत्र र साना सहरमा भरपर्दो यातायात तथा सञ्चार सम्पर्क स्थापित भएको उनको भनाइ छ ।

परियोजनाअन्तर्गत निर्माण गरिएका अधिकांश सडकले करिब ३ हजारदेखि १० हजार जनसंख्या भएका गाउँ तथा साना सहरलाई जिल्ला सदरमुकाम र अन्य प्रमुख केन्द्रसँग जोड्छन् ।

सडकको अवस्था सुधार भएपछि स्थानीय बासिन्दाका लागि यात्रा छिटो, सहज र सुरक्षित भएको छ । सडक सञ्जाल विस्तारसँगै जिल्ला अस्पताल, विद्यालय, कलेज, सीप विकास केन्द्र, सरकारी कार्यालय तथा सार्वजनिक सेवामा स्थानीयको पहुँचसमेत सहज भएको छ ।

बैंक, बजार तथा कृषि उपज बिक्री केन्द्रसम्म पुग्न सजिलो भएपछि रोजगारी र व्यवसायका अवसर बढेको परियोजना अधिकारीहरूले बताएका छन् ।

इन्जिनियर मेहराले एनडीबी र ब्रिक्सबीचको सहकार्यले विकासका प्राथमिकतालाई वास्तविक पूर्वाधार परियोजनामा रूपान्तरण गर्दै विकासशील देशका नागरिकको जीवनस्तर सुधार गर्नसक्ने उदाहरणका रूपमा परियोजनालाई व्याख्या गरेका छन् ।

सडक पूर्वाधारमा गरिएको लगानीले ग्रामीण अर्थतन्त्रलाई बजारसँग जोड्नुका साथै शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल