२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति

अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति
अ अ+ अ-

काठमाडौँ। उत्तरी चीनको हबेई प्रान्तस्थित कान्झाउमा आयोजित १२ औँ चीन कान्झाउ अन्तर्राष्ट्रिय वुसु प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताले विभिन्न देशका खेलाडीलाई प्रतिस्पर्धासँगै सांस्कृतिक आदानप्रदानको साझा मञ्च प्रदान गरेको छ ।

प्रतियोगितामा ४० देश तथा क्षेत्रबाट ४ हजार ३५० भन्दा बढी मार्सल आर्ट खेलाडी तथा प्रशिक्षक सहभागी भएका थिए । ठूलो अन्तर्राष्ट्रिय सहभागिताले प्रतियोगितालाई वुसुमार्फत विभिन्न संस्कृति र समुदायबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर बनाएको आयोजकहरूले बताएका छन् ।

प्रतियोगितामा सहभागी रुसी खेलाडी एन्टोन आन्द्रेभ विगत १६ वर्षदेखि कान्झाउमा वुसु सिक्दै आएका छन् । उनका अनुसार वुसु केवल मार्सल आर्ट नभई विभिन्न देशका मानिसलाई एकताबद्ध गर्ने माध्यम पनि हो ।

आन्द्रेभले चीनका साथी तथा प्रशिक्षकसँग हरेक वर्ष प्रशिक्षण गर्दा आफूले ठूलो आनन्द लिने गरेको बताए। देश फरक भए पनि वुसुले मानिसलाई एक ठाउँमा ल्याउने उनको भनाइ छ । उनले चीनमा सिकेको वुसुलाई रूसमा समेत प्रचार गर्दै आएका छन् ।

यस वर्षको प्रतियोगितामा उनले रूसबाट ५० भन्दा बढी मार्सल आर्टप्रेमीलाई कान्झाउ ल्याएका थिए । अर्का रुसी खेलाडी आन्द्रेई अगिएभले चिनियाँ वुसु आफूलाई निकै मन पर्ने बताए ।

वुसुमा विभिन्न परम्परागत हतियार तथा विभिन्न शैलीका पारम्परिक मुक्का अभ्यास सिक्न सकिने भएकाले यो आफूले अभ्यास गरेका खेलमध्ये उत्कृष्ट रहेको उनको भनाइ छ । आन्द्रेभका प्रशिक्षक लिउ लियानजुन कान्झाउका परम्परागत मार्सल आर्टका स्थानीय उत्तराधिकारी हुन् । उनले लामो समयदेखि विश्वका विभिन्न देशका मानिससँग वुसु आदानप्रदान तथा प्रशिक्षणलाई प्रवद्र्धन गर्दै आएका छन् ।

लिउकाअनुसार विभिन्न देशका विदेशीहरू वुसु सिक्न कान्झाउ आउने गरेका छन्। उनका शब्दमा, वुसुको कुनै सीमा हुँदैन । युद्धकला तथा वुसुका विभिन्न अभ्यासमार्फत विदेशीहरूले चिनियाँ वुसुको गहिरो र समृद्ध संस्कृतिलाई बुझ्ने अवसर पाउँछन् ।

पछिल्ला वर्षहरूमा कान्झाउले विभिन्न देशका वुसु खेलाडी तथा अभ्यासकर्तालाई एकै ठाउँमा ल्याउने विभिन्न मञ्च विकास गर्दै आएको छ ।

खेलकुदको प्रतिष्पर्धाभन्दा पर, वुसु विभिन्न देशका मानिस र संस्कृतिबीच सम्बन्ध जोड्ने सांस्कृतिक पुल बन्दै गएको छ ।

कान्झाउमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताले पनि खेलकुदमार्फत अन्तर्राष्ट्रिय मित्रता र सांस्कृतिक आदानप्रदानलाई थप बलियो बनाएको देखाएको छ ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल