३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति



अ+ अ-

काठमाडौँ। उत्तरी चीनको हबेई प्रान्तस्थित कान्झाउमा आयोजित १२ औँ चीन कान्झाउ अन्तर्राष्ट्रिय वुसु प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताले विभिन्न देशका खेलाडीलाई प्रतिस्पर्धासँगै सांस्कृतिक आदानप्रदानको साझा मञ्च प्रदान गरेको छ ।

प्रतियोगितामा ४० देश तथा क्षेत्रबाट ४ हजार ३५० भन्दा बढी मार्सल आर्ट खेलाडी तथा प्रशिक्षक सहभागी भएका थिए । ठूलो अन्तर्राष्ट्रिय सहभागिताले प्रतियोगितालाई वुसुमार्फत विभिन्न संस्कृति र समुदायबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर बनाएको आयोजकहरूले बताएका छन् ।

प्रतियोगितामा सहभागी रुसी खेलाडी एन्टोन आन्द्रेभ विगत १६ वर्षदेखि कान्झाउमा वुसु सिक्दै आएका छन् । उनका अनुसार वुसु केवल मार्सल आर्ट नभई विभिन्न देशका मानिसलाई एकताबद्ध गर्ने माध्यम पनि हो ।

आन्द्रेभले चीनका साथी तथा प्रशिक्षकसँग हरेक वर्ष प्रशिक्षण गर्दा आफूले ठूलो आनन्द लिने गरेको बताए। देश फरक भए पनि वुसुले मानिसलाई एक ठाउँमा ल्याउने उनको भनाइ छ । उनले चीनमा सिकेको वुसुलाई रूसमा समेत प्रचार गर्दै आएका छन् ।

यस वर्षको प्रतियोगितामा उनले रूसबाट ५० भन्दा बढी मार्सल आर्टप्रेमीलाई कान्झाउ ल्याएका थिए । अर्का रुसी खेलाडी आन्द्रेई अगिएभले चिनियाँ वुसु आफूलाई निकै मन पर्ने बताए ।

वुसुमा विभिन्न परम्परागत हतियार तथा विभिन्न शैलीका पारम्परिक मुक्का अभ्यास सिक्न सकिने भएकाले यो आफूले अभ्यास गरेका खेलमध्ये उत्कृष्ट रहेको उनको भनाइ छ । आन्द्रेभका प्रशिक्षक लिउ लियानजुन कान्झाउका परम्परागत मार्सल आर्टका स्थानीय उत्तराधिकारी हुन् । उनले लामो समयदेखि विश्वका विभिन्न देशका मानिससँग वुसु आदानप्रदान तथा प्रशिक्षणलाई प्रवद्र्धन गर्दै आएका छन् ।

लिउकाअनुसार विभिन्न देशका विदेशीहरू वुसु सिक्न कान्झाउ आउने गरेका छन्। उनका शब्दमा, वुसुको कुनै सीमा हुँदैन । युद्धकला तथा वुसुका विभिन्न अभ्यासमार्फत विदेशीहरूले चिनियाँ वुसुको गहिरो र समृद्ध संस्कृतिलाई बुझ्ने अवसर पाउँछन् ।

पछिल्ला वर्षहरूमा कान्झाउले विभिन्न देशका वुसु खेलाडी तथा अभ्यासकर्तालाई एकै ठाउँमा ल्याउने विभिन्न मञ्च विकास गर्दै आएको छ ।

खेलकुदको प्रतिष्पर्धाभन्दा पर, वुसु विभिन्न देशका मानिस र संस्कृतिबीच सम्बन्ध जोड्ने सांस्कृतिक पुल बन्दै गएको छ ।

कान्झाउमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताले पनि खेलकुदमार्फत अन्तर्राष्ट्रिय मित्रता र सांस्कृतिक आदानप्रदानलाई थप बलियो बनाएको देखाएको छ ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल




भर्खरै