३१ श्रावण २०८३, आईतवार
,
Latest
सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख बने विश्वकै धनी अभिनेता



अ+ अ-

एजेन्सी । बलिउडका ‘बादशाह’ शाहरुख खान विश्वकै सबैभन्दा धनी अभिनेता बनेका छन् । अक्टोबर १ मा जारी गरिएको हुरुन इन्डिया रिच लिस्ट २०२५ अनुसार शाहरुखको सम्पत्ति १.४ अर्ब अमेरिकी डलर (झण्डै १२ हजार ४९० करोड भारु) पुगेको छ । यो सूचीमा स्थान बनाउँदै शाहरुखले आर्नोल्ड श्वार्जनेगर, टेलर स्विफ्ट, सेलेना गोमेज र टम क्रूजजस्ता चर्चित सेलिब्रिटीलाई समेत पछि पारेका छन् ।

इकोनोमिक्स टाइम्सको रिपोर्ट अनुसार शाहरुख खान १२ हजार ४९० करोड सम्पत्तिसहित भारतका सबैभन्दा धनी सेलिब्रिटी बनेका छन् । उनीपछि दोस्रो नम्बरमा जुही चावला र उनको परिवार ७७९० करोड सम्पत्तिसहित रहेका छन् भने २१६० करोड सम्पत्तिसहित ऋतिक रोशन तेस्रो स्थानमा छन् । गत वर्षको सूचीमा अमिताभ बच्चन चौथो र पाँचौं स्थानमा रहेका थिए तर यस वर्ष करण जौहरले बिग बीलाई समेत पछि पारेका छन् । करणको सम्पत्ति १८८० करोड र अमिताभको १६३० करोड छ ।

एक वर्षमै ५ हजार करोडले बढ्यो सम्पत्ति

हुरुन इन्डिया रिच लिस्ट २०२४ मा शाहरुख खानको सम्पत्ति ७३०० करोड रुपैयाँ थियो । तर, केबल एक वर्षमै उनको सम्पत्ति ५ हजार करोड रुपैयाँ बढेर १२ हजार ४९० करोड पुगेको छ ।

शाहरुख खान फिल्मको पारिश्रमिक बाहेक आफ्नो प्रोडक्सन हाउस रेड चिली इन्टरटेनमेन्ट बाट पनि ठूलो कमाई गर्छन् । साथै, ब्रान्ड एन्डोर्समेन्टबाट पनि उनी करोडौं लिन्छन् । शाहरुखकी पत्नी गौरी खान डी डेकोर की संस्थापक हुन् भने उनका छोरा आर्यन खान लक्जरी कपडा ब्रान्ड डिवयोल का मालिक हुन् । हालै आर्यनले निर्देशनतर्फ पनि कदम राखेका छन् ।

हलिउड स्टारलाई पछि पार्दै

फोर्ब्सका अनुसार अहिलेसम्म विश्वकै सबैभन्दा धनी अभिनेता आर्नोल्ड श्वार्जनेगर थिए, जसको सम्पत्ति १.२ अर्ब अमेरिकी डलर थियो । तर शाहरुखले १.४ अर्ब डलर सम्पत्तिसहित उनलाई पछि पारेका छन् ।




भर्खरै