३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यालेससँग लिभरपुल पराजित, टोटेनहमले अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १–२ गोलले स्तब्ध बनेको हो ।

खेलको नवौं मिनेटमा इस्माइल सारले गोल गर्दै घरेलु टोलि प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा फेडेरिको किएसाले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए । तर, खेल सकिनै लाग्दा इन्जुरी समयमा एड्डी केटियाहले गोल गर्दै प्यालेसलाई जित दिलाए ।

जितसँगै अपराजित रहेको प्यालेस अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १२ अंक छ । लिभरपुल १५ अंकका साथ शीर्षस्थानमा कायमै छ ।

यस्तै गएताति नै भएको अर्को खेलमा टोटेनहमले वल्भ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । ५४ औं मिनेटमा सान्टियागो बुएनोले गोल गर्दै वल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए । यता, खेल सकिनै लाग्दा जोआओ पालिन्हाले गोल गर्दै टोटेनहमको हार टारे ।

यो नतिजापछि टोटेनहम ६ खेलबाट ११ अंकका साथ तेस्रो स्थानमा छ भने वल्भ्स १ अंकका साथ तालिकाको पुछारमा छ ।